९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

ढोरपाटन भलिबल अर्को महिना

काठमाडौं – ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करण भदौ ३० गतेबाट हुने भएको छ। गोंगबुस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा असोज १६ गतेसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए। 

सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा आयोजना हुन लागेको प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्। 

समूह ‘ए’ मा आयोजक ढोरपाटन ‘ए’ गीतान्जली कलेज, वेल्कु युनाइटेड र एन्जल्स हार्ट स्कुल रहेका छन् । समूह ‘बी’ मा विभागीय टोली एपिएफ क्लब, ढोरपाटन ‘बी’, ग्ल्यासिएर कलेज र बडी गाँउपालिका बाग्लुङ रहेका छन् । यस्तै, समूह ‘सी’ मा थ्री स्टार एकेडेमी, नेपाल छन्त्याल संघ, सूर्यदीप कलेज र बुढानिलकण्ठ भलिबल क्लब रहेका छन् भने समूह ‘डी’ मा गण्डकी प्रदेश, स्प्रिङडेल कलेज, पाल्पा भलिबल संघ र धादिङ भलिबल क्लब रहेका छन्। 

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् । उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा एक जना भाग्यशाली दर्शकले स्कुटर पाउने आयोजकले जनायो।  

प्रकाशित: ३० भाद्र २०७५ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App