महासंघ वरिष्ठ उपाध्यक्षमा प्रधान भिड्ने
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् महासंघको उपाध्यक्षमा राजेश बाबु श्रेष्ठ मनोनित भएका छन्। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई महासंघको इलेक्टोरल कंग्रेसको मिटिङले दोस्रो कार्यकालको लागि उपाध्यक्षका लागि मनोनित गरेको हो।
प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन्। असार २५ गते प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा दिएको भए पनि दुवैजनाले यसबारे गोप्य राख्दै आएका थिए।
चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
अर्थमन्त्री युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गरेका छन्।
यहाँको एक गाउँपालिकाकी उपाध्यक्ष स्कुले वालवालिकालाई वालविवाह नगर्न सुझाउदै गाउँ अभियानमा लागेकी छिन्।
प्रहरीले पक्राउ गरेका वडाध्यक्ष रावत नेपाली कांग्रेसबाट चुनावी जितेका हुन्। उसोत उपाध्यक्ष कुन्ती साउँद बुढाले पनि नेपाली कांग्रेसको उम्मेदवार बनेर नै चुनाव जितेकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको पहिचाहनका लागि हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उत्तरी धादिङको खनायबास–१ च्यामथलीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्दै तामाङले नेपाल हिन्दु राष्ट्र भए पनि सबै धर्म स्वतन्त्र हुने स्पष्ट पारेका हुन्।
यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उपाध्यक्ष गीतादेवी साहले आरोप लगाएकी छन्। अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्।
सार्वजनिक पद धारण गरेका व्यक्तिले दोहोरो सुविधा लिन नमिल्ने सरकारी नीतिविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो। यस विषयलाई ध्यानमा राख्दै सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलिबहादुर रावतले पाउने पेन्सन नखाई सरकारी खातामा फिर्ता गर्ने घोषणा गरेका छन्।
डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।
विधायन समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएतापनि विधायन समितिले आईतबारको प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन सम्बन्धिको विधेयक बिना कुनै संशोधन पेश गरेको छ।
पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा लोकतान्त्रिक धारका कमलकृष्ण कार्की विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कार्कीले ९९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताए। उनका निकटतम प्रतिस्पर्धी सुजन श्रेष्ठको २० मतमात्र आएको छ। १ सय २२ मत खसेकोमा ३ मत बदर भएको थियो।
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको चैत २१ गतेको नवौँ बैठकले नै नीति तथा योजना आयोग गठन गर्ने निर्णय गरेतापनि लामो समयपछि सरकारले उपाध्यक्ष नियुक्त गरेको हो।
प्रदेश नं. ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ।