२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

नीति आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

मकवानपुर – प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन्। असार २५ गते प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा दिएको भए पनि दुवैजनाले यसबारे गोप्य राख्दै आएका थिए।

यद्यपि उपाध्यक्ष देवकोटाले दिएको राजीनामा मुख्यमन्त्री कार्यालयमा नपुगेको र अरुलाई पनि जानकारी नगराइएको स्रोतले बताएको छ। उपाध्यक्ष देवकोटाले दिएको राजीनामा फिर्ता नलिने अडान राखेपछि सूचना सार्वजनिक भएको हो। ‘मैले अरु कुनै कारण नभई व्यक्तिगत कारणले राजीनामा दिएको हुँ,’ उनले भने।

राजीनामाको कुरा गोप्य राखी समस्याको समाधान निकाली फिर्ता लिन लगाउने तयारी असफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतको भनाइ छ। तर, उपाध्यक्ष देवकोटाले नयाँ बजेटका विषयमा धेरै असन्तुष्टि जनाउँदै राजीनामा दिएको र मुख्यमन्त्री पौडेले मनाउन ५ दिन गोप्य राखिएको बताईएको छ। प्रदेश नीति तथा योजना आयोग गठन भएको एक वर्षको अवधिमा शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउन देवकोटाले महŒवपूर्ण भूमिका खेलेकाले उनको राजीनामालाई महŒवपूर्ण रूपमा हेरिएको छ।

‘निकै कठिन अवस्थाबाट आयोगलाई अहिलेको अवस्थासम्म ल्यायांै,’ डा. देवकोटाले भने, ‘पहिले आयोगका सदस्य थोरै थिए, अहिले सदस्य पनि पर्याप्त हुनुहुन्छ, कर्मचारी सुरुमा एक जना मात्र थिए, अहिले पर्याप्त छन्।’ आफूनहुँदा पनि आयोगको काम राम्रोसँग चल्ने भएकाले राजीनामा दिएको उनले दाबी गरे। यसअघि, २०७४ फागुनमा मुख्य न्यायधिवक्तामा नियुक्त भएका वरिष्ठ अधिवक्ता सूर्यचन्द्र न्यौपानेले गत जेठ २३ गते राजीनामा दिएका थिए।

प्रकाशित: १ श्रावण २०७६ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App