प्रतिनिधिसभा बैठकः डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर तल्लो तहका केही सीमित कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको हो।
ललिता निवासको जग्गा बिक्री गर्दा नक्कली कागजात तयार गरेको र त्यसमा मुछिएकाहरूलाई पक्राउ गर्न वर्तमान सरकार सकारात्मक नहुँदा किर्ते मुद्दाको हदम्याद गुज्रिने संकेत देखिएको हो।
पुराना फाइल तथा दस्तावेजमात्रै नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआइबीको छ।
ललिता निवास प्रकरणबारे छानबिन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ।
सिआइबीको अनुसन्धान प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले काठमाडौं प्रशासनबाट नागरिकता जारी गरिएका सबै फाइल नियन्त्रणमा लिएको हो।
बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिना प्रकरणमा प्रहरीले तत्कालीन भोगाधिकारीहरूसँग बयान सुरु गरेको छ। पूर्वप्रधानमन्त्री सुवर्ण शमशेरका हकदारहरूसँग ब्युरोले अधिग्रहण भइसकेको जग्गा गैरकानुनी रूपमा फिर्ता लिएको विषयमा बयान लिन सुरु गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्।
बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी नौ लाख धरौटी बुझाएर रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यााजेन्द्रकुमार आचार्यको इजलासले बुधबार प्रमाण नष्ट गरेको मुद्दामा चार लाख र यातना दिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँग कंचनपुर जिल्ला अदालतमा सोमबार रकउबलश्रबार दुई दिन बयान लिइएको छ।
‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।
एक अनुयायीको हत्या गरी नुन छर्केर गाडिएको आशंका गरिएको रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रमबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले नुनका खाली प्याकेट (पोका) बरामद गरेको छ।
केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ।