२५ माघ २०८२ आइतबार
image/svg+xml

थाक्रेमा यात्रुवाहक बस बस दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए।

उपचार गर्न ‘घरखेत बेच्नु’ नपरोस् भनेर ल्याएको बिमा कार्यक्रम सुधार हुन्छ, बन्द हुँदैन : सभापति थापा

उनले आफ्नो स्वास्थ्य मन्त्रीकालको अनुभव साट्दै धेरै नागरिकले पैसा नभएर उपचार छोड्नुपरेको र परिवारको सम्पत्ति सकिएको देखेकोले बिमा सुरु गरेको स्मरण पनि गराएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खल्तीबाट हुने स्वास्थ्य खर्च न्यूनतम हुनुपर्नेमा नेपालमा तीन गुणा बढी रहेको उनको भनाइ छ।

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत र लगावका कारण प्रदेशमै उत्कृष्ट बनेको घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार भौतिक पूर्वाधारजस्तै भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपांगमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी, तालिम र त्यसले दिने सेवा प्रवाहको अवस्थाका आधारमा मूल्याङ्कन हुँदै आएको छ।

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो।

न्याय नपाए गोरखा जानु भन्थे, अब विकास हेर्न गुण्डु आउनु : सचिव बस्नेत

उनले एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बस्न थालेका कारण अहिले सो क्षेत्र देशमा मात्र नभएर विदेशमा समेत चर्चा भइरहेको भन्दै त्यसमा गर्व महसुस भएको बताए।

‘यो चुनावले हामीलाई देश बनाउने मौका दिएको छ’

अर्थमन्त्रीका रूपमा विगतमा प्रभावशाली भूमिका निर्वाह गरेका डा. प्रकाशचन्द्र लोहनीलाई बौद्धिक नेताका रूपमा चिनिन्छ।

स्थानीय स्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

खेलकुदलाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै जिल्लाको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सफलतापूर्वक सम्पन्न गरेको छ। प्रतियोगिता तथा मेलाका कारण जिल्लाभित्र र बाहिरबाट आएका आगन्तुकको उपस्थितिले स्थानीय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।

झापा गोल्डकप : आज आर्मी र चर्च ब्वाइज भिड्ने

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत), एन पेनाङ फुटबल क्लब (मलेसिया) र आयोजक झापा–११ गरी १० टोली सहभागी छन्।

नेपाल एसबिआई बैंक र जीआइजेड नेपालबिच सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेडले सस्टेनेवल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (सेटफरएनपिएल) परियोजनासँग समझदारी गरेको छ।

‘राजनीतिक क्रान्ति सकिए पनि आर्थिक क्रान्ति हुन सकेन’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा राजनीतिक क्रान्ति सकिए पनि दलहरूले प्रतिबद्धता जनाए अनुसार आर्थिक क्रान्ति हुन नसकेको गुनासो गरेका छन्।

नीशा अधिकारी भन्छिन् : महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन, लोकतन्त्र बलियो हुँदैन

उनी अगाडि लेख्छिन्, ‘आज ममाथि आएका यस्ता टिप्पणीहरू एक्लै म माथि लक्षित छैनन्। यी सबै ती महिलामाथि लक्षित छन् जो राजनीतिमा छन्, जो नेतृत्वमा छन्, जो बोल्ने आँट गर्छन्।’

लघुकथा समाज नेपालले अर्पियाे दुई सम्मान

लघुकथा समाज नेपालले साहित्यकार त्रिलोचन ढकाललाई र डा. दीनबन्धु शर्मालाई सम्मान अर्पिएकाे छ।

टी-२० विश्वकपमा आज नेपालसहित ६ टोली खेल्ने

शनिबार (हिजो) देखि सुरु भएको खेलमा पहिलो दिन पनि तीन खेल भएका थिए। जस अनुसार कोलम्बोस्थित सिन्हिज स्पोर्ट्स क्लब ग्राउन्डमा भएको उद्घाटन खेलमा समूह एमा रहेका पाकिस्तान र नेदरल्यान्ड्सबिच भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्