१८ असार २०८१ मंगलबार
image/svg+xml

चक्कु प्रहारका कारण कम्तीमा चारजना घाइते

हङकङमा लोकतन्त्र पक्षधरले गरेको सरकारविरोधी प्रदर्शनस्थलमा भएको चक्कु आक्रमणका कारण कम्तीमा चारजना घाइते भएका छन्।

हङकङ संकट : लोकतन्त्रवादी जोसहुवा ओङ निर्वाचन लड्नबाट बञ्चित

हङकङका उच्च तहका लोकतन्त्रवादी अभियन्ता जोसहुवा ओङलाई आसन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रशासनले अयोग्य ठहर गरेको छ।

प्रदर्शनका कारण हङकङ प्रमुखको सम्बोधन स्थगित

हङकङको इतिहासमै प्रमुख कार्यकारीले आफ्नो च्याम्बरमा सम्बोधन गर्न नपाएको यो पहिलो घटना भएको बताइएको छ।

हिंसा गर्नेलाई छुट नदिने हङकङ प्रमुखको चेतावनी

हङकङ प्रहरीले ‘अति खतरनाक’ एउटा सानो बम विस्फोट भएको जानकारी दिएको उल्लेख गर्दै प्रमुख कार्यकारी क्यारी लामले हिंसा फैलाउनका लागि परेका कसैलाई पनि कुनै प्रकारको छुट नहुने बताएकी हुन्।

प्रदर्शनकारी र प्रहरीबीच झडप

हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्दै प्रशासन

हङकङ सरकारले सार्वजनिक भेलामा सहभागी भएकालाई अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्ने तयारी गरेको छ।

हङकङका लागि ‘हिंस्रक र अराजकपूर्ण दिन’

मंगलबार पक्राउ पर्नेमा १२ वर्षदेखि ७१ वर्ष उमेरसम्मका थिए। सयजना भन्दा बढी मानिसलाई अस्पताल लगिएको थियो भने ३० प्रहरी पनि घाइते भएका थिए।

प्रदर्शनकारीमाथि गोली प्रहार

तीन महिनाभन्दा लामो समयदेखि हङकङमा प्रदर्शन भइरहेको छ। यसअघिका प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई रबरको गोली प्रहार गरे पनि प्रत्यक्ष रूपमा गोली प्रहार गरेको यो पहिलो घटना हो।

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङमा शनिबार भएको सरकारविरोधी प्रदर्शनका सहभागीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

हङकङभित्रको कथा

पूर्वी एसियाको व्यापारिक केन्द्र हङकङ अहिले उथलपुथलले भरिएको छ। चिनियाँ सरकारले एक राष्ट्र दुई व्यवस्थाअन्तर्गत शासन गरिरहेको हङकङ द्वीप केन्द्रीय सरकारको सपुर्दगी सम्बन्धी कानुनको विरोधमा छ। सन् १९९७ मा बेलायती सरकारबाट आफूमा हस्तान्तरण गरेको हङकङको कथा कम रोचक छैन। यही कथालाई नेपाली मूलका हङकङवासी लेखक क्रान्ति सुब्बाले आफ्नो पुस्तक ‘हङकङभित्र’मा भनेका छन्।

झडपमा पेट्रोल बम र पानीको फोहोरा प्रहार

आइतबार हङकङ भएको सरकारविरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सहरको सरकारी कार्यालय नजिकै भएको प्रदर्शनमा प्रदर्शनकारीले इँटा र पेट्रोल बम प्रहार गरेपछि प्रहरीले पनि उनीहरुलाई तितरवितर पार्नका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

बालबालिकाद्वारा मानवसाङ्लो बनाएर हङकङमा प्रदर्शन

सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दैैसोमबार हङकङका विभिन्न जिल्लामा विद्यालय पोशाकमै रहेका सयौं विद्यार्थीले मानवसाङ्लो बनाएका छन्। सहभागी विद्यार्थीमध्ये अधिकांशले मुखमा मास्क लगाएका थिए।

ट्रम्पसँग सहयोगको अपिल

१४ सातादेखि लगातार सरकारविरोधी प्रदर्शन गरिरहेका हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष सहयोगको अपिल गरेका छन्।

विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा

यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

हङकङ विमानस्थल सुचारु

प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार राति विमानस्थलभित्रै प्रदर्शन गरिरहेको प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपसमेत भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्