२० असार २०८१ बिहीबार
image/svg+xml

हङकङ विमानस्थल दोस्रो दिन पनि अवरुद्ध

हङकङको अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रो दिन पनि अवरुद्ध भएको छ। सरकार विरोधी प्रदर्शनकारीले विमानस्थलमै प्रदर्शन गरेर अवरोध सिर्जना गरेपछि पूर्व बेलायती औपनिवेशिक सहर हङकङको विमानस्थलमा मंगलबार कुनै उडान भएन।

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

हङकङ प्रदर्शनकारीलाई चीनको चेतावनी

लगातार आठ सातादेखि जारी हङकङको प्रदर्शनलाई लिएर चीनले चेतावनी जारी गरेको छ। चीनले एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको हो। हङकङमा रहेका चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखिएको छ। यो भिडियो हङकङमा रहेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिइएको रूपमा लिइएको बिबिसीले उल्लेख गरेको छ।

‘भयावह घटना’ भन्दै चीनद्वारा निन्दा

हङकङमा पछिल्ला समय भइरहेको सरकार विरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले निन्दा गरेको छ। उसले हङकङमा भइरहेको प्रदर्शनले ‘विधिको शासनमाथि गम्भीर क्षति’ पु¥याएको आरोप पनि लगाएको छ। हङकङस्थित चीनको नीति निर्माणसम्बन्धी एक उच्च कार्यालयका प्रवक्ताले चीनको प्रमुख उद्देश्य हङकङमा ‘सामाजिक व्यवस्थालाई पुनस्र्थापना गर्नु रहेको’ बताएकी छन्।

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार

हङकङमा लोकतन्त्र पक्षधर प्रहरीबीच आइतबार झडप भएको छ। प्रहरीले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। केही सातादेखि हङकङमा जारी प्रदर्शनकै बीच आइतबार दोस्रो पटक हिंसात्मक झडप भएको बताइएको छ।

हङकङका विषयमा कुनै देशलाई बोल्न अनुमति छैनः चीन

हङकङका गतिविधिहरू चीनको आन्तरिक विषय भएकाले कुनै पनि देशलाई यसबारे बोल्न अनुमति नदिइएको चीनले बताएको छ।

हङकङ दंगा : बेलायती बकवास

गत जुलाई १ तारिख (असार १६ गते) हङकङ विशेष प्रशासनिक क्षेत्र स्थापनाको २२औँ वार्षिकोत्सव मनाइँदै गर्दा हङकङको विधानसभामा हिंसात्मक आक्रमण भयो। केही प्रदर्शनकारीले सुरक्षा घेरा तोड्दै हङकङ विधानसभाभित्र प्रवेश गरेर हिंसा मच्चाए। यो आक्रमणपछि बेलायत र चीनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ। युरोपेली संघ र अमेरिकालगायत मुलुकले पनि प्रदर्शनकारीकै समर्थन गरेपछि चीनले कडा आपत्ति जनाएको छ। २९ हजारभन्दा बढी नेपाली बसोबास गर्ने हङकङमा भएको यस प्रकारको आक्रमणले धेरै नेपालीमा चिन्ता र त्रास पैदा गराएको छ।

अमेरिकी डलरसहित पक्राउ

अवैध रुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ। हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई आज प्रहरीले पक्राउ गरेको हो।

हङकङ र नेपालका विधेयक विरोध

स्वार्थ समूहहरूले बनाएका नीतिले समाजशास्त्रलाई सम्बोधन गर्न नसक्दा नेपाल र हङकङका सडकमा विमति पोखिएको छ।

सुपुर्दगी विवादका लागि क्यारी लामले माफी मागिन्

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याइएको विधेयकविरुद्ध हङकङका सडकमा लाखौंले प्रदर्शन गरेपछि केही दिन अघि सरकारले तत्कालका लागि विधेयक स्थगन गरिएको जनाएको थियो।

हङकङमा प्रदर्शन जारी, सरकारी कार्यालय बन्द

विवादित सुपुर्दगी विधेयकबारे केही दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि हङकङको आर्थिक जिल्लामा रहेका केही सरकारी कार्यालयलाई प्रशासनले बन्द गरेको छ।

सुपुर्दगी विधेयकविरुद्ध हङकङमा आन्दोलन, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

हङकङमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारीले सरकारी भवन वरपरका मुख्य सडकहरु अवरुद्ध पार्दै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि रबरको गोली र अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन

सुपुदर्गी विधेयकविरुद्ध हङकङमा प्रदर्शन भएको छ। विधेयकविरुद्ध हङकङमा हजारौं मानिस सडका उत्रिएको बिबिसीले उल्लेख गरेको छ। सरकारले ल्याउन लागेको नयाँ विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दललाई प्रभावित पार्न सक्ने आलोचकहरुले बताएका छन्। विवादित सुपुदर्गी विधेयकअनुसार शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ।

हङकङको संसद्मा कुटाकुट

हङकङको संसद्मा सांसदहरुबीच कुटाकुट भएको छ। आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिबार हङकङको संसद्मा हात हालाहाल भएको बिबिसीले उल्लेख गरेको छ। सांसदहरुबीच हात हालाहाल भएपछि केही सांसद घाइते भएको र एकजना सांसदलाई अस्पताल लानु परेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्