७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सुडानमा रहेका नेपाली नागरिकको उद्धार प्रयास जारी

नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ।

मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना नेपाली भोली स्वदेश फर्किँदै

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन।

नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा घुम्ती सेवा सञ्चालन गर्ने

डिजिटल पासपोर्ट बनाउन सास्ती व्यहोरी रहेका विशेष गरि टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुलाई अब सहज हुने भएको छ।

जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन्।

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

तनावमुक्त हुन योगको महत्व छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको राजदूत हानान गोडरल बताए।

मुस्ताङको स्याउ बजारमा

मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ।

नेपाललाई आठ करोड बराबरको राहत सामग्री

नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि वितरण गर्न लागिएको राहतमा सहयोग गर्न भारतले सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ।

भारतले तीन सम्पदा पुनर्निर्माणमा सघाउने

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।

भारतद्वारा एम्बुलेन्स र बस प्रदान

भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ।

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्