प्रधानमन्त्रीद्वारा समवेदना
प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार नियुक्त गररेका हुन्। यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रबारै नियुक्तिसमेत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन्। धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए।
नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले भारतसँग गरेका सन्धि (जसलाई दिल्ली सम्झौता भनिन्छ) पर्दापछाडिको खेल थियो। सत्ता टिकाउनका लागि सार्वभौमसत्ता र राष्ट्रियता नै जुवाको खालमा राखियो। त्यसको विरोध गर्ने धेरै नेपाली राजनीतिमा सक्रिय हँुदै गए तर उनीहरूले आफ्नो र दलको स्वार्थका लागि भारतसँगै समर्पित हुने नीति लिए। महाकाली सन्धि, नागरिकता ऐन, १२ बुँदे सम्झौता, परराष्ट्र नीति र जलस्रोत नीतिमा देखाएको द्वैध चरित्र, हजारौँ हेक्टर जमिन भारतले मिच्दा पनि मुखमा बुजो हालेर बस्ने दास मानसिकता र नेपाल तथा नेपाली हेपिँदा मौन बस्ने सरकारी तलवजीवीको चरित्र हेर्दा पर्दापछाडिका खेलहरू बुझ्न सकिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवतर्फ संकेत गर्दै लुटेरालाई चन्दा नदिन भनेका हुन्। ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस’, ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन। यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन।’
कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन्। प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल अघि बढाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता नगर्ने बताएका छन्। विप्लवले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरेको भन्दै ओलीले वार्ता नगर्ने अडान लिएका हुन्। विप्लव लुटेरा समूह भएको उनको ठहर छ।
प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतसंग्रह लोकतान्त्रिक प्रक्रियाको उच्चतम रूप भएको बताएका छन्। विखण्डनकारी मुद्दा उठाएका सिके राउतले सरकारसँग सम्झौतापछि सरकार जनमतसंग्रहका लागि तयार भएको दाबी गरिरहँदा प्रधानमन्त्री ओलीले जनताले जे चाहन्छन् त्यही हुने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले फागुन २४ गते सीके राउतसँगको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेको केही शब्दमाथि असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनामा असन्तुष्टि जनाएका हुन्।
प्रधानमन्त्री केपी ओलीले जापानले नेपाललाई जस्तो सुकै कठिन अवस्थामा समेत निस्वार्थ सहयोग गरिरहेको बताएका छन्। उनले जापानको सहयोग भौतिक पूर्वाधार निर्माण र प्रविधि हस्तारणमा उल्लेख रहेको बताए। नेपाल जाइका अलमनाई एसोसियन (जान)को ४५औं वार्षिक समारोहमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। सो अवसरमा उनले जापानबाट प्रकाशन हुने वार्षिक पत्रिका ‘मिलन’को विमोचनसमेत गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन्। नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आइतवार यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ।”
पूर्व नेकपा एमाले र माओवादीबीच एकिकरण पश्चत पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आमसभा गर्न लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले रातारात सिके राउतसँग सम्झौता गर्ने तयारी गरेको जानकारी शुक्रबार बिहान मात्र थाहा पाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू आश्चर्यचकित भएका छन्। त्यति मात्र होइन सरकारको यो हतारको कामले राउतको ‘पृथकतावादी’ गतिविधिलाई वैधानिकता दिएको निष्कर्षसमेत उनीहरूले निकालेका छन्।