२० आश्विन २०८१ आइतबार
image/svg+xml

लोकसभामा भारतीय कंग्रेसको माग, 'अभिनन्दनको जुँगालाई 'राष्ट्रिय जुँगा' घोषित गरियोस'

लोकसभामा भारतीय कांग्रेसका सांसद रंजन चौधरीले अभिनन्दनका जुँगालाई 'राष्ट्रिय जुँगा' घोषित गर्न माग गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन्। उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । सोमबार नै अस्थायी सभामुख चुनिनु भएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद

लोकसभामा विजयी दर्जनौ सांसद अपराधिक मुद्दा झेल्दै

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ऐतिहासिक विजय प्राप्त गर्यो। तर यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पैसा, शक्ति र संदिग्ध नैतिकताको प्रभावलाई पनि चित्रण गरेको विश्लेषकहरुको भनाई छ।

भाजपाका चाणक्य अर्थात अमित शाह

सन् १९८२ को चुनावमा अमित शाह युवा कार्यकर्ता थिए र पार्टीका शीर्ष नेता अटल विहारी बाजपेयी तथा अन्य दिग्गज नेताका लागि पोस्टर टाँस्दै हिँड्थे। अहिले तिनै युवा परिपक्व नेतामा परिणत मात्र भएका छैनन्, चुनाव जित्ने रणनीतिकारका रुपमा परिचय थप्न सफल भएका छन्।

भारतीय लोकतन्त्रका तीन चुनौती

हिन्दु दक्षिणपन्थको प्रवद्र्धन, प्रजातान्त्रिक संस्थालाई कमजोर बनाउने र अलोकतान्त्रिक विचारको विकास गर्ने तीनवटै पक्षले मोदीको दोस्रो कार्यकाल अधिनायकवादी धार्मिक प्रजातन्त्रतर्फ देश रूपान्तरण हुने सम्भावना बढेको छ।

मोदीको पुनरागमन र नेपाल सम्बन्ध

मोदी कुसल संगठककी कुसल साशक? वा कुसल रणनीतिकार की योजनाकार ? सन् १९८४ मा केवल दुई सिटको इतिहास बोकेको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को १६ औ लोकसभा चुनावमा ऐतिहासिक वियज प्रप्ता गर्‍यो। र २०१९ को १७ औ लोकसभा चुनावमा ३०३ सिट सहित गर्दै पुन: भारी जनसमर्थन प्राप्त गर्‍यो।

मोदी जीतबाट सिक्ने कुरा

भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन् । देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन।

भारतीय चुनावको छिमेक प्रभाव

भारतमा सम्पन्न लोकसभा निर्वाचनको ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने जसरी निश्चित भएको छ, त्यसले छिमेक नीतिमा के–कस्तो प्रभाव पर्छ भन्ने बहसको विषय बनेको छ। नेपाल–भारत सम्बन्धमा पनि आगामी दिनमा के–कस्तो उतारचढाव आउँछ भन्ने विषयमा विभिन्न विचार आउन थालेका छन्। विशेषगरी पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायत विषयमा अनावश्यक चासो देखाएको भन्दै मोदी आलोचित भएकाले पनि यस किसिमको बहस भएको हो। अझ भूकम्पबाट पीडित भएको बेला मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएकाले पनि मोदीको पुनरागमन नेपालीका लागि चासोको विषय बनेको हो। त्यसो त अर्काे पाटोबाट हेर्दा विगतमा भारतीय राष्ट्रिय कंग्रेस हुँदा छिमेकलाई जुन रूपमा उपेक्षा गरिएको थियो, सरकारमा आएपछि मोदीले छिमेकी मुलुकलाई प्राथमिकता दिएको टिप्पणी पनि भएको थियो।

मतपरिणामले सुधारेको देओल परिवारको सम्बन्ध

एकै परिवारका फिल्मकर्मी सदस्यले चुनाव जितेपछि देओल परिवारमा हर्षोल्लास त छँदैछ नै। यो परिणामले अभिनेता धर्मेन्द्रको परिवारका सदस्यबीच बिग्रदो सम्बन्धलाई सुधार्नेमा फिल्मकर्मी आशावादी छन्।

एनडिएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

भारतीय संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको बताइएको छ।

हेमा मालिनीको मन्त्री बन्ने इच्छा

भारतको लोकसभा निर्वाचनअन्तर्गत उत्तरप्रदेशको मथुरामा भाजपाका तर्फबाट विजयी बलिउड अभिनेत्री हेमा मालिनीले मन्त्री बन्ने इच्छा व्यक्त गरेकी छिन्। सफल अभिनेत्री र सांसदपछि हेमाले मन्त्री पदमा पुग्ने लक्ष्य अघि सारेकी हुन्।

राहुललाई राजीनामा फिर्ता लिन दबाब

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुन गान्धीमाथि राजीनामा नदिन पार्टीभित्रैबाट दबाब परेको छ। दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा राहुललाई राजीनामा फिर्ता लिन दबाब आएको हो।

इन्दिरा गान्धीपछि निरन्तर पूर्ण बहुमत पाउने मोदी दोस्रो नेता

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बाजी मारेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएका छन्।

'सिद्धु जी! वर्ल्ड कप कमेन्ट्रीको प्रतिक्षामा छौं'

कांग्रेस नेता नवजोत सिंह सिद्धुले चुनावी भाषणमा भनेका थिए, 'स्मृति इरानीले अमेठीमा राहुल गांधीलाई पराजित गरिन् भने राजनीति छोड्छु।'

मोदी विजय : नेपालको दृष्टिमा

प्राचीन हिन्दु राष्ट्रवादलाई प्रेरणाको मूल स्रोत मानेर विश्वसमुदायमा उभिने भारतको निर्णय बिहीबार घोषित निर्वाचन परिणामले देखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको शब्दमा ‘यो राष्ट्रवादको जित हो।’ ‘भारतीय संस्कृति र हिन्दु संस्कृति साझा हुन्’ भन्ने नरेन्द्र मोदी लोकप्रिय राष्ट्रिय नेता भएको पुनःपुष्टि गर्दै थप शक्तिशाली भएर स्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्