कर्णालीबाट ३८ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्।

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्।
घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर जुम्लामा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।
प्रधानमन्त्रीले शिक्षालयसँगै निर्माणाधीन एक मेगावाट सौर्य ऊर्जा आयोजना र जुम्ला सदरमुकामको समग्र अवस्थाबारे पनि स्थलगत जानकारी लिएकी छन्।
जुम्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने पहल सुरु गरेका छन्।
सचिवालयका अनुसार उनले मुगुमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नेछिन्, भने देशकै ठूलो उच्च हिमाली ताल रारा तालको अवलोकन पनि गर्ने कार्यक्रम छ। रारा क्षेत्रको पर्यटन, पूर्वाधार र संरक्षणबारे प्रत्यक्ष जानकारी लिन यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ।
चैत ९ गतेदेखि सुरु हुने अभियानमा जिल्लाका ८ स्थानीय तहका ८४ विद्यालयलाई खोप केन्द्रका रूपमा प्रयोग गरिनेछ।
सुवासको कथा सामान्य उतारचढावको कथा होइन, बरु त्यो यात्रा हो जहाँ एक व्यक्तिले आफैंलाई हराउँदै, फेरि खोज्दै फर्किन्छ।
यस वर्ष जुम्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जुम्लाबाट जम्मा २ हजार २ सय ५५ जना विद्यार्थी मात्र सहभागी हुँदैछन्।
दुर्घटनामा चालक मुड्केचुला–३ भोटगाउँका २३ वर्षीय सल्मान रोकायाको घटनास्थलमै मृत्यु भएको हो। हाल रुकुम पश्चिम को त्रिवेणीमा बसोबास गर्दै आएका रोकाया एक्लै जिप चलाइरहेका थिए।
जुम्लाको पातारासी गाउँपालिका–१ माथाचौरमा मंगलबार राति भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्।
जुम्लामा सार्वजनिक यातायातका साधनको मनपरी भाडा लिने प्रवृत्तिलाई अन्त्य गर्दै दूरीका आधारमा नयाँ भाडादर कायम गरिएको छ।
दियालोको धुवाँले भरिने घर, कालो भित्ताहरू र अँध्यारोमा हराउने गाउँ अहिले झलमल्ल देखिन्छ।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले आ–आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
नेपाल दलित मुक्ति मोर्चा जुम्लाले सुर्खेत मा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जुम्लामा एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन कडा बनाउँदै ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख राख्न निर्देशन दिएको छ।
