२० आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा भाजपाले जित्दा वीरगञ्जमा नाराः 'हरहर मोदी घरघर मोदी'

भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालेका छन्।

विज्ञ भन्छन् : नेपालका लागि सकारात्मक

भारतमा भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा उल्लेख्य मत पाएपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने निश्चित भएको छ। पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायतका विषयमा अनावश्यक चासो राखेको भन्दै आलोचित मोदीको पुनरोदयले आगामी दिनमा नेपालमा कस्तो प्रभाव पर्ला भन्ने चासो हुनु स्वाभाविकै हो। भूकम्पको पीडाबीच मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएको नेपालीले बिर्सिएका छैनन्।

भाजपा गठबन्धनको ऐतिहासिक जित

भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले कुल पाँच सय ४२ सिटमध्ये तीन सय ४९ मा अग्रता कायम गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

बहुमत जितपछि मोदीले भनेः जनताले म फकिरलाई घर दिए

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको लोकसभा निर्वाचनको परिणाम लोकतान्त्रिक विश्वको इतिहासमा सबैभन्दा ठूलो घटना भएको बताएका छन्।

मोदीलाई देउवाले दिए बधाई, मित्रता थप सुदृढ हुने विश्वास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्।

मोदीलाई प्रधानमन्त्री ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को बहुमत जितका लागि ओलीले टेलिफोनमार्फत बधाई दिएका हुन्।

बेगुसरायमा कन्हैया कुमार पराजित

लोकसभाका चर्चित उम्मेदवार कन्हैया कुमारले पराजय व्यहोरेका छन्। उनले भारतीय जनता पार्टीका गिरिराज सिंहसँग झण्डै साढे तीन लाख मतान्तरले पराजित भएका हुन्।

मोदीलाई प्रधानमन्त्री ओलीको वधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई ज्ञापन गरेका छन्। लोकसभा निर्वाचनमा एक बहुमत प्राप्त गर्ने संकेत गरेका मोदीलाई निर्वाचनको नतिजा अगावै वधाई दिएका हुन्।

हृदयघातका कारण मतगणना स्थलमै गयो कांग्रेस नेताको ज्यान

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ। मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।

राहुल गान्धीलाई कडा टक्कर दिदैँ स्मृती ईरानी

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती इरानीले कडा टक्कर दिदैँछन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीएकी उम्मेदवार इरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्। विपक्षी दल काँग्रेस आईका अध्यक्ष गाँधीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्।

भारतीय लोकसभा मतगणना : प्रारम्भिक गणनामा एनडीए अगाडि

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ ।

भारतीय लोकसभा मतगणनाः मोदीको गठबन्धन अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ। बिहीबार बिहान ८ बजेपछि सुरु भएको मतगणनामा भारतीय जनता पार्टीको गठबन्धनको अग्रता देखिएको छ।

भारतीय लोकसभा चुनाव : मतगणना सुरु

भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

लोकसभा निर्वाचनः एक्जिट पोलको नतिजा कंग्रेस आईद्वारा अस्वीकार

भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए।

भारतमा आज अन्तिम चरणको निर्वाचन

भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्