२० आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा आइतबार छैठौँ चरणको मतदान

भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौं चरणको मतदान सम्पन्न भएको छ। आइतबार सात राज्यमा ५९ सिटका लागि भएको मतदानमा सात सय ९७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

भारतमा छैठौँ चरणको मतदान

भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ। आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

सीमा क्षेत्रमा उच्च सतर्कता

भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ।

गान्धी परिवारले बिदा मनाउन युद्धक विमान प्रयोग गरेको आरोप

भारतमा लोकसभा निर्वाचनका लागि मतदान चलिरहेका छन्। विभिन्न सात चरणमा सम्पन्न हुने विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासमा विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख विपक्षी कंग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

पाँचौं चरणको मतदान सम्पन्न

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सम्पन्न भएको छ। सात राज्यका ५१ स्थानका लागि सोमबार मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

चौथो चरणको मतदान, पश्चिम बंगालमा झडप

भारतमा देशको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत सोमबार नौ राज्यका ७१ संसदीय क्षेत्रमा मतदान भएको छ। सोमबार भएको मतदानका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रीय दलहरुको गठबन्धनबीच पश्चिम बंगाल राज्यमा झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ।

मोदीको सम्पत्ति विवरणः ४५ ग्रामका चार औँठी, बचत खातामा चार हजार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन्। मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन्।

नागरिक हुनुको अर्थ भोट हाल्नु र बाँच्नु मात्रै हो ?

भारतमा चुनाव भइरहेको छ। लोकतान्त्रिक अधिकारलाई लिएर पनि चिन्ता ब्यक्त गरिएको छ। जनताको जीवनशैली अस्तब्यस्त छ। बिरामी, भोकमरी, दुर्घटना र हिंसामा मान्छेले ज्यान गुमाइरहेका छन्। अपमानित भइरहेका छन्। जनताको अधिकार दिनप्रतिदिन कमजोर भइरहेको छ।

मोदीले दिए बनारसबाट उम्मेदवारी

अर्को कार्यकालको रूपमा प्रतिस्पर्धा गर्दै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वानचका लागि बनारसबाट उम्मेदवारी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी कहाँबाट दिदैँछन् उम्मेदवारी?

छिमेकी मुलुक भारतमा लोकसभा निर्वाचनको चलपहलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि छोएको छ।

भाजपा घोषणपत्र र मोदीको अवसर

भाजपाले संकल्पपत्रमा सार्कसम्बन्धमा मौनता साँधेर ऐतिहासिक भूल गरेको छ। क्षेत्रीय सम्बन्धमा द्विपक्षीय सहकार्यमात्र चाहेको हो भने बिम्स्टेकलाई उल्लेख गर्नु पनि उसको भूल हो। यसले भाजपाको एकाङ्गी क्षेत्रीय कूटनीति एवम् सार्क संशयलाई थप बढाएको छ।

अभिनेता सनी देओल भाजपामा प्रवेश

बलिउड अभिनेता सनी देओल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत विभिन्न चरणमा मतदानहरु भइरहेका बेला देओलले मंगलबार भाजपाको केन्द्रीय कार्यालय पुगेर रक्षामन्त्री एवं भाजपा नेतृ निर्मला सीतारमनको हातबाट सदस्यता लिएका हुन्।

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

बलिउड अभिनेता अक्षय कुमारले लोकसभा निर्वाचनमा गुरदासपुरबाट टिकट पाउने चर्चाले सामाजिक सञ्जाल भरिएको छ। अक्षयले ट्वीटरमार्फत आफू नयाँ क्षेत्रमा कदम राख्न लागेको र उत्साहित रहेको बताएका थिए। अक्षयको यो सांकेतिक ट्वीटपछि उनका समर्थकले उनी गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरेका थिए। पन्जाब प्रान्तमा पर्ने गुरदासपुर स्वर्गीय अभिनेता विनोद खन्नाले जित्दै आएको क्षेत्र हो। खन्ना भाजपाबाट यो क्षेत्रमा सांसद थिए।

भाषण गरिरहेका हार्दिक पटेललाई मञ्चमै थप्पड !

पटेल समुदायका निम्ति आरक्षण आन्दोलनको अगुवाई गरेर चर्चामा आएका युवा नेता हार्दिक पटेलमाथि गुजरातमा थप्पड प्रहार भएको छ। भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत गुजरातको सुरेन्द्रनगरस्थित बढवानमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका पटेलमाथि तरुण गज्जर नामका व्यक्तिले थप्पड प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्