९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

मुम्बई– बलिउड अभिनेता अक्षय कुमारले लोकसभा निर्वाचनमा गुरदासपुरबाट टिकट पाउने चर्चाले सामाजिक सञ्जाल भरिएको छ।

अक्षयले ट्वीटरमार्फत आफू नयाँ क्षेत्रमा कदम राख्न लागेको र उत्साहित रहेको बताएका थिए। अक्षयको यो सांकेतिक ट्वीटपछि उनका समर्थकले उनी गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरेका थिए। पन्जाब प्रान्तमा पर्ने गुरदासपुर स्वर्गीय अभिनेता विनोद खन्नाले जित्दै आएको क्षेत्र हो। खन्ना भाजपाबाट यो क्षेत्रमा सांसद थिए। 

गत वर्ष खन्नाको निधन भएपछि यहाँ कसले टिकट पाउँछ भन्ने चासो रहेका बेला अक्षयले ‘एउटा यस्तो क्षेत्रमा कदम राख्दै छु। जून योभन्दा पहिला कहिल्यै गरेको छैन। उत्साहित पनि छु र थोरै नर्भस पनि। अपडेटका लागि जोडिरहनुस्’ भन्दै अर्थपूर्ण ट्वीट गरेपछि उनले चुनाव लड्ने चर्चाले सामाजिक सञ्जाल भरिएको हो। 

सामाजिक सञ्जालमा चर्चा र प्रश्न उठेपछि अक्षयले सोमवार साँझ अर्काे ट्वीट गर्दै आफू चुनावी मैदानमा नरहेको स्पष्ट पारेका छन्। उनले प्रष्टिकरण दिँदै ट्वीटरमा लेखेका छन्, ‘मेरो पछिल्लो ट्वीटमा देखाउनुभएको चासोका लागि तपाई सम्पूर्णमा आभार। तर, म चुनाव लडिरहेको छैन।’

गत वर्षको २७ अप्रिलमा निधन भएका विनोद खन्नाले १९९७ मा भाजपामा प्रवेश गर्दै १९९८ मा गुरदासपुरबाट चुनाव लडेर जितेका थिए। उनी १९९९ र २००४ मा पनि निर्वाचित भएका थिए। २००९ मा पराजित भएका उनी २०१४ मा फेरि निर्वाचित भएका थिए। लामो समयदेखि जित्दै आएका खन्नाको निधनपछि सो क्षेत्रमा उनकी श्रीमती कविताको नाम पनि चर्चामा छ।

पहिलाे ट्वीट :

Getting into an unknown and uncharted territory today. Doing something I have never done before. Excited and nervous both. Stay tuned for updates.

— Akshay Kumar (@akshaykumar) April 22, 2019

दाेस्राे ट्वीटः

Grateful for all the interest shown in my previous tweet but just clarifying in light of some wild speculation, I am not contesting elections.

— Akshay Kumar (@akshaykumar) April 22, 2019

प्रकाशित: ९ वैशाख २०७६ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App