२० आश्विन २०८१ आइतबार
image/svg+xml

बेगुसरायमा कन्हैयाको घरमा जे देखियो

दिल्लीबाटै कन्हैयासँगको अन्तरवार्ता लिने निधो सहित म त्यहाँ पुगेकाले म उनको प्रतिक्षामा बस्छु। दिल्लीबाट हिँड्ने बेलामा मलाई भारतीय कांग्रेस पार्टीका एक वरिष्ठ नेतासँग अन्तर्वार्ता लिने समय पनि मिलेको थियो। तर म कन्हैयाको प्रख्याति सुनेर उनको घर पुगेको थिएँ।

भारतमा दोस्रो चरणको मतदान सुरु

भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ

मेरो राजनीति कर्पोरेट क्षेत्र पोस्न हैन : कन्हैया कुमार

यदि म देशद्रोही नै हुँ भने भारतको निर्वाचन आयोगले के हेरेर बसिरहेको थियो ? यो निर्वाचन अभियानमा मलाई देशद्रोही करार गर्नु त यो सरकारको बाध्यता हो।

विद्यार्थी राजनीतिबाट किन आए कन्हैया कुमार संसदीय मैदानमा ?

मोदी नेतृत्वको सरकारको परीक्षा मानिएको यो निर्वाचनमा सत्ताधारी दल भारतीय जनता पार्टीको विपक्षमा एउटा नयाँ अनुहार पनि मैदानमा उभिएको छ। ती हुन् - कन्हैया कुमार।

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चुनावी अभियान सञ्चालनमा रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा निर्वाचनमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने अवस्था रोक्ने उद्देश्यले मुख्यमन्त्री आदित्यनाथलाई तीन दिन चुनावी अभियान सञ्चालनमा रोक लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘भारतमा बहुमतको सरकार बन्ने सम्भावना कम छ’

भारतमा बहुमतको सरकार बनने सम्भावना एकदमै कम छ। हामीले केही समयअघि भएको महत्त्वपूर्ण ठाउँका विधानसभाको निर्वाचनलाई हेर्ने हो भने पनि बहुमतको सरकारको सम्भावनालाई त्यसले सहज नभएको बताउँछ।

छिमेकमा लोकतन्त्रको मेला

भारतीय लोकतन्त्रबाट हामीले लिने प्रेरणा भनेको त्यसको सक्रियता हो। आवधिक निर्वाचनले लोकतन्त्रलाई जीवन्त तुल्याउँछ। भारतमा यो अभ्यासलाई दिइएको महत्व हाम्रा निम्ति प्रेरक छ। लोकतन्त्र विकासका निम्ति दिगो प्रक्रिया हो। भारतले आज पक्रिएको विकासको गति लोकतन्त्रकै कारण हासिल भएको हो।

अग्निपरीक्षामा मोदी

मोदीविरुद्ध विपक्षीले फालेका चुनावी तुरूप कमजोर छैनन्। तिनलाई कमजोर पार्न उनले चालेका रणनीति कति सार्थक होलान् वा नहोलान् त्यो निर्वाचन नतिजाले देखाउनेछ।

पहिलो दिनको मतदान सम्पन्न

भारतमा विभिन्न सात चरणमा हुने लोकसभा निर्वाचनअन्तर्गत बिहीबार पहिलो दिनको मतदान सम्पन्न भएको छ। बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको छ। लोकसभामा रहेको पाँच सय ४५ सिटमध्ये ९१ सिटका लागि बिहीबार मतदान सम्पन्न भएको हो। नेपालसँग सीमा जोडिएका भारतका ठूला प्रदेशहरु उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका विभिन्न निर्वाचन क्षेत्रमा पहिलो चरणअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको हो।

चुनावको मुखमा के सोच्दैछन् भारतीय ?

आजदेखि भारतको १७ औं लोकसभाको निर्वाचन सुरु भएको छ। अघिल्लो निर्वाचनमा एकल पार्टीको सरकार बनाउने गरी बलियो बनेको भाजपाको पाँच वर्षे शासनको परीक्षण यही निर्वाचनले गर्दैछ। वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल लम्बिने वा यही रोकिने भन्ने पनि यही निर्वाचनले निश्चित गर्नेछ।

कन्हैया कुमारलाई जिताउन बलिउड अभिनेत्री बिहारमा

बलिउड अभिनेत्री स्वरा भाष्कर चर्चित विद्यार्थी नेता कन्हैया कुमारको समर्थनमा उत्रिएकी छिन्। आजबाट सुरु भएको लोकसभा निर्वाचनमा बिहारबाट उम्मेदवार रहेका कन्हैयाको चुनावी प्रचारमा समेत स्वरा उत्रिएकी छिन्।

भारतमा आमनिर्वाचन: के फरक पर्छ जनतालाई ?

आजदेखि छिमेकी मुलुक भारतमा आमनिर्वाचन हुँदै छ। यो चुनाव ६ हप्तामा सम्पन्न हुनेछ। आज ११ अप्रिलमा सुरु भएर २३ मेमा मतगणना सुरु हुन्छ र लगभग २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिन्छ। १ अर्ब ३० करोड जनतासंख्या रहेको भारतमा ९० करोड नागरिकको नाम मतदाता सूचीमा छ। यो आमनिर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूबीच पहिलो हुनेले जित्ने प्रणाली (फस्र्ट पोस्ट दि पास्ट सिस्टम)अर्न्तगत संघयी संसद लोकसभाका लागि ५ सय ४३ सांसद चुन्न मतदाताले आआफ्ना जिल्लामा मतदान गर्नेछन्।

भारतमा आज पहिलो चरणको मतदान

भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

भारतको सत्तारुढ भारतीय जनता पार्टीले आसन्न लोकसभा निर्वाचनका लागि सोमबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। भाजपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी किसानमैत्री कार्यक्रमलाई जोड दिइएको छ।

भाजपाले जारी गर्‍यो चुनावी घोषणा पत्र

लोकसभा चुनावको लागि भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र जारी गरेको छ। सोमबार गृहमन्त्री राजनाथ सिंहले पार्टीको घोषणापत्र जारी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्