२० आश्विन २०८१ आइतबार
image/svg+xml

भाजपाविरुद्ध मत हाल्न छ सय बढी कलाकारकाे आग्रह

बिहीबार छ सयभन्दा बढी कलाकारले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन भनेको विषयले यतिबेला भारत मात्रै नभई विश्वको ध्यान खिचेको छ।

उन्मक्त भाजपा

भारतमा चैत २८ देखि ०७६ जेठ ५ गतेसम्म सत्रौं लोकसभाको निर्वाचन सात चरणमा हु“दैछ। सात चरणमध्ये सबैभन्दा बढी ११५ स्थानका लागि वैशाख १० गते चुनाव हुनेछ भने सबैभन्दा कम ५१ स्थानका लागि वैशाख २३ गते। चुनावले भारतीय लोकसभाका लागि ५४३ स्थानका सांसद निर्वाचित गर्नेछ।

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन्।

किन कमजोर हुँदै छन् मोदी ?

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार चलेको भारतमा गठबन्धन सरकारलाई प्रभावमा पारेजस्तै बहुमत सरकारका प्रधानमन्त्रीलाई आफूअनुकूल चलाउन शक्ति राष्ट्रलाई सहज नभएको विश्वास गरिन्छ।

नेपाल–भारत सीमा बैठक : निर्वाचन अवधिमा ७२ घण्टा सीमा बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा भारत–नेपाल सीमानाका बन्द गरिने भएको छ। भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा बैठकले चैत २६ गतेदेखि तीन दिनसम्म  निर्वाचनलार्य शान्तिपूर्वक सम्पन्न गर्न सीमा नाका बन्द गर्ने  निर्णय गरेको हो।

गान्धीनगरबाट पहिलोपटक लोकसभा चुनाव लड्दै अमित शाह

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन्। भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अध्यक्ष शाह अहिले राज्यसभा सदस्य छन्। उनले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन्।

सञ्जय दत्तले चुनाव नलड्ने

बलिउड अभिनेता सञ्जय दत्तले लोकसभा निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्। सञ्चारमाध्यममा कांग्रेसबाट उम्मेदवार हुन लागेको खबर आएपछि सञ्जयले ट्वीटरमार्फत आफू कुनै पनि सीटमा चुनाव लड्ने योजना नरहेको स्पष्ट पारेका हुन्। ‘लोकसभा चुनावमा म उम्मेदवार हुने खबर झुटो हो। म आफ्नो देशको साथमा छुँ र मेरी बहिनी प्रिया दत्तलाई सहयोग गरिरहेको छुँ’, उनले लेखेका छन्।

भारत लोकसभा निर्वाचन : रोजगारीमा महिलालाई एक तिहाई  आरक्षण दिने कंग्रेसको प्रतिबद्धता

आफू शक्तिमा आए संघीय सरकारले उपलब्ध गराउने रोजगारीमा एक तिहाई महिला आरक्षण सुनिश्चित गराउने भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले जनाएको छ ।

पारि चुनाव, वारी चासो

भारतमा आगामी चैत २८ देखि जेठ ४ सम्म सात चरणमा लोकसभाको निर्वाचन हुँदै छ। सीमापारी चुनावी माहोल तातिन थाल्दा वारिसमेत निकै चासो बढ्दै गएको छ। बिहानको चिया गफदेखि सामाजिक सञ्जालसम्म भारतीय चुनावको चर्चा–परिचर्चा हुन थालेको छ।

भारतीय चुनावमा नेपाली सरोकार

भारतको केन्द्रीय राजनीतिको सबभन्दा महत्वपूर्ण अंग रहेको लोकसभाको लागि सदस्यहरुको आम निर्वाचन हुदैछ। भारतले आम निर्वाचनमार्फत आफ्नो १७ औं पटक लोकसभा (तल्लो सदन) गठन गर्दैछ। चैत २८ देखि जेठ ४ सम्म ७ चरणमा हुने आम निर्वाचनमा भारतका बयस्क मतदाताले पाँच सय ४३ ‘सिट’बाट एकएक जना प्रतिनिधि (साँसद) ५ बर्षका लागि चयन गर्नेछन्। सीमापारी चुनावी माहोल बढ्न थाल्दा वारीका मानिसको पनि यसमा चाँसो बढेको देखिन्छ। बिहानको चियाँ गफदेखी समाजिक संजालसम्म भारतीय चुनावको रंग बढ्न थालेको छ।

भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा, सात चरणमा गरिने

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन्।

नेपाल–भारत सुरक्षा प्रमुखबीच छलफल

भारतमा हुन गइरहेको लोकसभा निर्वाचनको विषयमा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीबीच विशेष तयारी छलफल भएको छ। भारतको मोतिहारीमा नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिमा लोकसभा निर्वाचनको सन्दर्भमा सीमा सुरक्षा र सार्वजनिक चासोको विषयमा छलफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्