२० आश्विन २०८१ आइतबार
image/svg+xml

जबर्जस्ती विवाह गर्ने परिवारको निर्णयविरुद्धमा मुस्लिम किशोरी

कक्षा सात पूरा गरेलगत्तै पढाई रोकेर जबर्जस्ती विवाह गरिदिने परिवारको प्रस्ताव अस्वीकार गरेकी सुनसरी दुहवीका मुस्लिम किशोरीले सुरक्षाको माग गरेकी छन्।

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ।

साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मिथिला आर्टको क्यानभासमा चम्किँदै मुनी

दुई दशकअघि पतिको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनमा आयो। छोरी सलमा खातुन काखमै थिइन्। त्यतिबेलै उनका पिताले यस दुनियाँबाट बिदा लिए।

छुटिसकेकी पत्नी ३ वर्षपछि पाउँदाको खुसी

कानुनी अड्चनका कारण ३ वर्षदेखि आफ्ना पत्नी र छोराबाट छुटेका अस्ट्रेलियाका एक मुस्लिम व्यक्तिले अन्ततः आफ्नो परिवार प्राप्त गर्न सफल भएका छन्।

घरमै मोहरम मनाउने निर्णय

कोराना भाइरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मोहरम घरमै तहजियाको पूजापाठ गरी मनाउने निर्णय गरिएको छ ।

मुस्लिम धर्मावलम्बी बकर इद मनाउँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

इद पर्व घरमै नमाज पढेर मनाउनू : मुस्लिम आयोग

कोरोना संक्रमणको जोखिम रहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी गरी इदमा घरमै बसेर नमाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको हो।

आज इदको दिन भारतका सबैजसो मस्जिद बन्द

आज मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द रहेका छन् ।

मुस्लिम भएकै कारण कामबाट निकालियो

रुपन्देहीको एक उद्योगबाट मुस्लिम भएकै कारण कामदारलाई निकालिएको छ। ओमसतिया–१ कटैया स्थित दुर्गा मोडर्न दाल मिलले उद्योगमा कार्यरत मुस्लिम कामदारलाई कोरोना संक्रमणको त्रास बढेको भन्दै कामबाट निकालेको हो।

उदयपुरको शिवाई बस्तीमा परीक्षण हुँदैे

जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिदैछ । जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो ।

तब्लीक जमातीहरुलाई परीक्षण गराउन मुस्लिम संघ अपिल

मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ।

मुस्लिम संघको निर्णयः अनुशासन कमिटी गठनदेखि १ लाख मुस्लिमलाई सदस्यता वितरणसम्म

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल मुस्लिम संघले अनुशासन समिति गठनदेखि एक लाख मुस्लिमलाई सदस्यता वितरणसम्मका निर्णय गरेको छ। संघका अध्यक्ष अध्यक्ष अब्दुल सतारले पत्रकार सम्मेलनमार्फत ७ वटा निर्णय सार्वजनिक गरेका छन्। जसअनुसार आगामी मंसिर महिनाभित्र १ लाख मुस्लिमलाई  क्रियाशील सदस्य बनाउने संघको लक्ष्य छ।

आदिवासी, मुस्लिम र क्रिश्चियन समुदायका लागि ‘अन्त्येष्टि स्थल’ निर्माण गर्न सांसदको माग

गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्