२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

तब्लीक जमातीहरुलाई परीक्षण गराउन मुस्लिम संघ अपिल

काठमाडौं- मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ।

जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो। संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे। उनले भने, ‘‘अझै पनि समय छ। नेपालमा रहेका तब्लिकका अगुवा साथीहरु कुन—कुन जिल्लामा को कहाँ छन् उनीहरुलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्‍यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु।’’

अध्यक्ष सतारले तब्लिक जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह आग्रह गरे। जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनले आग्रह गरे। विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिड्नै नहुने भन्ने धारणा त्याग्न पनि उनले सबैमा आग्रह गरे। कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले नेपाल सरकारले घोषणा गरेको लक डाउनका पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गरे। अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न आग्रह गरे।

 

प्रकाशित: १० वैशाख २०७७ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App