२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समायोजनलाई लिएर जनार्दन र लालबाबुको चर्काचर्की

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुले समायोजनमा गएका कर्मचारीहरुलाई तोकिएको ठाउँमा पठाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

संघमा फेरि १० हजार दरबन्दी थप्न गृहकार्य

केन्द्रमा कर्मचारी दरबन्दी संख्या घटाउनुपर्ने बेला सरकारले उल्टै संघमा दरबन्दी संख्या बढाउन गृहकार्य सुरु गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएएनएम)पुनरावोलकन गरी गरी संघमा दरबन्दी थप्न गृहकार्य थालेको हो।

तीन सय २० स्थानीय तहले अझैं बुझाएनन् रिक्त विवरण

गत वैशाख २० गतेसम्म ७ सय ५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४ सय ३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिए। अझै ३ सय २० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन्।

स्थानीय तहमा रिक्त पदको विवरण माग

स्थानीय तहहरुले रिक्त कर्मचारी दरबन्दीको विवरण शुक्रबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसक्नु पर्ने भएको छ। प्राप्त विवरणका आधारमा मन्त्रालयले रिक्त पदमा कर्मचारी पूर्तिका लागि लोकसेवा आयोगलाई विज्ञापन आह्वान गर्न भन्ने छ।

‘केन्द्रीय सरकारले झुर कर्मचारी पठायो’

स्थानीय तहलाई अलि जागरिला र सक्रिय कर्मचारी पठाइदिएको भए अझ व्यवस्थित ढंगले काम अघि बढ्ने थियो। यसबारे हामीले बारम्बार सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि लेख्दै आएका छौं। तर, कर्मचारी पठाएन।

प्रशासन प्रमुखबाट पदस्थापनाको काम सुरु

सरकारले स्थानीय तहका प्रशासन प्रमुखबाट संघमा समायोजन गरिएका कर्मचारीहरूको पदस्थापनाको काम सुरु गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहलाई पहिलो प्राथमिकता दिई नगरपालिका/गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने काम अघि बढेको छ। समायोजन गरिएका कर्मचारीलाई समायोजनको चिठी दिइएको २१ दिनभित्र सम्बन्धित ठाउँमा खटाइसक्नुपर्ने कर्मचारी समायोजन ऐन २०७५ मा गरिएको व्यवस्थाअनुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतबाट पदस्थापनाको प्रक्रिया अघि बढाएको हो।

मौसममा आंशिक बदली, साँझ वर्षा हुने

प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ। दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्मार्ट फोनवाट चलाउन मिल्ने एलजीका सामान बजारमा

स्मार्ट फोनको सहायताले संसारको जुनसुकै कुनावाट पनि चलाउन मिल्ने एलजी ब्राण्डका सामान बजारमा आएको छ।

प्राविधिक कर्मचारीको समायोजन सुरु

सरकारले प्राविधिक कर्मचारीहरूको समायोजन प्रक्रिया अघि बढाएको छ। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ हजार १ सय प्राविधिक कर्मचारीको समायोजनको काम सम्पन्न गरेको छ।

प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्न बाटो खुला

प्रदेश सरकारले आफूलाई चाहिने कर्मचारी भर्ना गर्न कानुनी बाटो खुला गर्न संघीय सरकारले प्रदेश निजामती सेवासम्बन्धी मापदण्ड तयार गरेको छ। शुक्रबारसम्म सो मापदण्ड मन्त्रिपरिषद्मा लैजाने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ। मन्त्रिपरिषद्ले मापदण्ड पारित गरेपछि प्रदेश सरकारले प्रदेशलाई चाहिने कर्मचारी भर्ना गर्ने बाटो खुला हुनेछ।

सामान नियन्त्रणमा पर्छन् तस्करीमा संलग्न उम्कन्छन्

पुसको दोस्रो साता अवैध ढंगले सीमावर्ती ठाढी नाका हुँदै भारततर्फ मरिच र हरियो केराउ लैजान लागिएको थियो। सोही बेला प्रहरीले ३२ सय ३६ किलो मरिच र २६ सय किलो मटरसहित ट्याक्टर र मिनी ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो तर तस्करीमा संलग्नहरू भने उम्किन सफल भए।

आधाभन्दा बढी कर्मचारी समायोजन

सरकारले समायोजन फाराम भरेको कर्मचारीमध्ये आधाभन्दा बढी कर्मचारीको समायोजनको काम पूरा गरेको छ। सोमबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३८ हजार ८ सय ७७जना कर्मचारी समायोजन गरेको हो। ती कर्मचारीमध्ये अधिकांश संघमा समायोजित भएका छन्। मन्त्रालयका अनुसार २८ हजार १ कर्मचारी संघमा, ४ हजार ८ सय ६७ कर्मचारी प्रदेशमा र ५ हजार ८ सय ७९ कर्मचारी स्थानीय तहमा समायोजन भएका छन्। यसैगरी १ सय ३० जना कर्मचारी फाजिलमा परेका छन्।

कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ।

धनगढीलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरीयाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ।

कर्मचारी समायोजन : ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्