२७ माघ २०८२ मंगलबार
image/svg+xml

निर्वाचन आचारसंहिताबाहिर नजानु भन्दै रविका नाममा नवलपरासी प्रशासनको पत्र

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासनले रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता तोड्ने काम नगर्न सतर्क गराएको छ। रास्वपाले मंगलबार लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्रमा जाने र उम्मेदवार तथा पार्टी नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको थियो।

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ।

अदालतको अवहेलना मुद्दामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

मालपोत प्रमुखविरुद्ध धनुषा निवासी राम रती देवीले व्यक्तिको जग्गा दर्ताका लागि निवेदन दिएको छ वर्षसम्म कुनै निर्णय नदिएपछि अदालतमा जग्गा दर्ता गराउन परमादेशको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन्।

टी-२० विश्वकप : आज अमेरिका-पाकिस्तानसहित तीन टोलीबीच रोमाञ्चक भिडन्त

समूह ‘ए’ को खेलमा स्कट एडवर्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स र गेरहार्ड इरास्मसको कप्तानीमा रहेको नामिबियाबिच दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजे प्रतिस्पर्धा हुनेछ।

‘मोनोलिथ डिजिटल फुल-बडी’ टायल सार्वजनिक

नेपालको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लमिनार टायल्सले नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ।

कश्मीरी मूलकी शबाना महमूद बेलायतकी पहिलो मुस्लिम प्रधानमन्त्री बन्न सक्ने

एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ।

कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ ।

‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा सङ्कलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो।

सडक सुचारु गर्न सरकारको मुख ताकेनन् : श्रमदानबाटै ग्यावियन जाली निर्माण

श्रमदान अभियानमा सक्रियताका साथ सहभागी हुँदै आएका गाउँपालिका अध्यक्ष रविप्रकाश राईले साकेला श्रम अभियानले स्थानीय विकासमा नयाँ ऊर्जा थपेको बताए। जनताको श्रम र एकताले असम्भव जस्तो देखिने धेरै विकास निर्माणका कामलाई पनि सम्भव बनाउने उनको बुझाइ छ।

दाहालले जितिन रिज्टा इलेक्ट्रिक स्कुटर

दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११ को ‘१ रुपैयाँ डिल’ अन्तर्गत ललितपुर हरिसिद्धीकी आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छन्।

टी–२० विश्वकपमा भारत–पाकिस्तान खेल हुने

पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ।

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्