११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रंगमञ्चमा हजारौं बालबालिका

दशौं राष्ट्रिय बालनाटक महोत्सवसम्म आइपुग्दा १२० भन्दा बढी नाटकले प्रतिस्पर्धा गरेका छन्। यसरी तीन हजार बढी बालबालिका स्टेजमा उक्लेर अभिनय गर्न सफल भएका छन्। शैली थिएटर ०६५ सालदेखि औपचारिक रूपमा नाट्य क्षेत्रमा सक्रिय छ। मचाहिँ ०५४ देखि अभिनय र निर्देशनमा सक्रिय छु। शैली थिएटर स्थापना भएको वर्ष दिन पुग्नै लाग्दा वार्षिक उत्सवको तयारी हुँदा साथीहरूसँग प्रस्ताव राखें–बालनाटक महोत्सव गरौं।

मेलमिलाप र न्याय बुझाउन सडक नाटक

सधैंझैं व्यस्त बनेपाको चारदोबाटो नजिकै सडक किनारामा एक हुल युवा काठे भाकाको लोकगीत गाउन थाले। गीत सुनेपछि एकैछिनमा स्रोता तथा दर्शकहरू वरिपरि झुम्मिए। यहिबेला दुई महिला बाझाबाझ गर्दै हुलमा मिसिए। एउटीको बारीमा बाख्रा पसेपछि अर्की महिलाले बाख्रालाई घरमा बाँधेर राखेको विषयमा झगडा भएको उनीहरूको झगडे संवादबाटै प्रष्ट बुझिन्थ्यो। सुरुमा गालीबाटै झगडा गरिरहेका उनीहरू केहीबेरमा हात हालाहालको अवस्थासम्म पुगे।

बाल नाटकमा कुप्रथाका कथाहरू

शैली थिएटरको आयोजनामा राजधानीमा जारी ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’को सातौं दिन सोमबार ब्राइट जोन इन्टरनेसनल स्कूलको नाटक ‘एउटा सपनाको अन्त्य’ मञ्चन भयो। नाटकले एक पात्रको सपनालाई प्रस्तुत गरेको छ।

थिएटरमा राजा वीरेन्द्र !

गृहभूमि झोराहाटमा ९ दिनसम्म ‘बर्बरिक’ नाटक देखाएर झोराहाट नाट्य समूह, मोरङका कलाकार काठमाडौं आइपुगेका छन्। उनीहरुले माघ २ गतेदेखि थापा गाउँस्थित कुञ्ज थिएटरमा बर्बरिक देखाइरहेका छन्। समूहका अध्यक्ष भरत गुरागाइँले नाट्य रूपान्तर गरेको नाटकका निर्देशक जीवन बराल हुन्।

‘बाथ–टब’बाट नीरको नाट्य पुनरागमन

डेढ महिनादेखि अभिनेता नीर शाहको दैनिकी फेरिएको छ। सुटिङ र सार्वजनिक कार्यक्रममा व्यस्त रहने यी अभिनेता अहिले फिल्मको काम र सार्वजनिक कार्यक्रममा कमै देखिन्छन्। नीर आजकल राजधानीको बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा दैनिक पुग्छन्। चारदेखि पाँच घण्टा त्यही बिताउँछन्।

शैलीकाे बाल नाटक महोत्सव

शैली थिएटरले १० औं राष्ट्रिय बाल नाटक महोत्सवको आयोजना गर्दैछ। आगामी माघ ७ देखि सुरु हुने महोत्सवमा राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ।

भण्डारखालमा नेपाल भाषा साहित्य चर्चा

मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा धेरै नाटक खेले, यसको ठीक संख्या उनलाई नै थाहा छैन। तर उनलाई के चाहिँ थाहा छ भने उनले जति नाटक खेले, त्यसमध्ये सबैभन्दा मन छुने थियो, किसी न्याइम्ह मदनमान। यस्तो किन भन्दा यो नाटक थियो, उनको मातृभाषा नेपाल भाषामा।

झोराहाट नाट्य समूह

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ।

सर्वनाममा ‘करोट’ मञ्चन

थारु भाषाको नाटक ‘करोट’ शुक्रबारदेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ। प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक थारु समुदायको मध्यमस्तरी परिवारमा लालचले निम्त्याएको कथा समेटिएको छ।

दर्शक तान्दै ‘घेरो’

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

नाटकका कुरा

विश्व साहित्यमा नाटकको समृद्ध परम्परा छ। नाटक सिर्जन परम्परालाई पूर्वमा कालिदास, भवभूति, श्रीहर्ष तथा पश्चिममा एस्किलस, सोफोक्लिज, युरिपाइडिजजस्ता नाटककारहरूले उचाइँमा पुर्याएका थिए। यसै पृष्ठभूमिमा रहेर नेपाली नाटक पनि विकसित हुँदै आएको देखिन्छ। प्राचीन कालदेखि नै नेपाली राजा तथा प्रजामा नाटकप्रति मोह रहेको देखिन्छ।

शिल्पीमा एकल बाल नाटक महोत्सव

बालबालिकाहरूलाई अध्ययन अध्यापनसँगै बाह्य समाजमा उजागर गराउन राजधानीमा ‘दोस्रो प्रज्ञा लालाबाला राष्ट्रिय एकल बाल नाटक महोत्सव २०७५’ हुने भएको छ। महोत्सव प्रज्ञा स्कुलले आयोजना गर्न लागेको हो।

नाटक महोत्सवमा देशीय जमघट

नेपालसहित विभिन्न मुलुकका करिब २८ नाटक काठमाडौंमा मञ्चन हुने भएका छन्। नाट्य क्षेत्रमा सक्रिय नेपालका आठ नाट्य समूहहरूको आयोजनामा आगामी फागुन १३ गतेदेखि फागुन २० गतेसम्म हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव, २०७५’ मा नाट्यकर्मी भेलासँगै नाटक मञ्चन हुन लागेका हुन्।

लक्ष्मीसदनको नाटक उत्कृष्ट

नाटक दिवसको अवसर पारेर आयोजना गरेको नाटक प्रतियोगितामा लक्ष्मी सदन समूह पहिलो भएको छ। भक्तपुरको ब्याँसीस्थित एभरेस्ट स्कुलमा सम्पन्न प्रतियोगितामा लेखनाथ सदन दोस्रो, मोती सदन तेस्रो र भानु सदनले सान्त्वना पुरस्कार पाएका थिए।

कर्नाटक बस दुर्घटनामा २८काे मृत्यु

भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ। भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी १ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्