११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वृद्धवृद्धालाई देखाइयो नाटक

भक्तपुरको भेलुखेलस्थित सिद्धि शालिग्राम जेष्ठ नगारिक आवास गृहमा रहेका वृद्धवृद्धाहरूलाई बुधबार ‘उपयोगी व्यायाम’ नामक नाटक देखाइएको छ । वीर अस्पताल काठमाडौंबाट आएका नर्सहरूले वृद्धवृद्धाहरूका लागि उपयोगी नाटक देखाएका हुन् ।

मुर्झाएको मञ्चन

स्तरीयता र गम्भीर विषयको अभाव खट्किएको कुरा आत्मसात् गर्नैपर्छ र मेहनत एवं लगनशीलता देखाउनै पर्छ। नाटक मञ्चनको समय एकाध घण्टा होला, तर नाटकचाहिँ जीवन्त हुनुपर्छ। नाटकले जीवन बोल्नुपर्छ। विराटनगरको माटो बोल्नुपर्छ।

प्रहरी झुक्याएर ५० लाख कमाउन योजना विफल

हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ।

आँधीले फेरिएको एउटा नृत्य

नाटकको शुभारम्भ एक विद्यालयको बसबाट सुरु हुन्छ। जहाँ विद्यालय जाँदै गरेका विद्यार्थी र शिक्षक शिक्षिका देखिन्छन्। कोही बुढी औला चुस्दै, कोही गोजीमा हात राख्दै त कोही आफ्नै शैलीमा आउने विद्यार्थीहरूको त्यो दृश्यले उनीहरू ‘मन्टेश्वरी’का विद्यार्थीहरू हुन् भन्ने कुरामा शंका छैन।

नाटकमा सरुभक्तको पुनरागमन

‘आमा आइसीयुमा हुनुहुन्छ सुधार होला भन्दा झन्झन् च्याप्दो छ, डाक्टरले भेन्टिलेटरमा राख्नु पर्छ भन्दै छ। हिँड्हिँड् छिटो हस्पिटल जाऔं।’ माथिको सम्वाद हो पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘बाकस’को। २५ वर्षपछि सरुभक्त ‘बाकस’ बोकेर फेरि रङ्गमञ्च फर्किएका छन्। आफ्नै लेखनमा तन्नेरी नाट्यकर्मी परिवर्तनलाई साथ लिएर निर्देशन गरिरहेका सरुभक्तले अब भने नाटक र निर्देशनलाई निरन्तरता दिनेछन् भन्नेमा नाटकप्रेमी विश्वस्त छौं।

एकैमञ्चमा तीन नाटक

विभिन्न नाट्य प्रस्तुुतिसहित ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सकिएको छ। कीर्तिपुरस्थित थिएटर मलको रंगमञ्चमा बालबालिकाहरूले नृत्य तथा अभिनयसँगै तीन नाटकको मञ्चन गरेर ग्यारेजको समापन गरेका हुन्।

बालबालिकाले देखाए ‘ढुकढुकी’

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अभिनय सिकाएर मञ्जरी नाटक घरले नाटक प्रदर्शन सुरु गरेको छ। कुमारीगालस्थित मोक्षदा स्कुलमा रहेको मञ्जरीले गत वर्ष ‘उड्की–मुड्की’ गरेपछि यसपटक ‘ढुकढुकी’ मञ्चन गरेको हो।

नाटकमा महिनावारी, गोठ, बलात्कार र गर्भपतन

उमेरले पन्ध्र वर्ष टेकेकी टिउकीलाई आमाबुवाको दबाबमा पोल्लो गाउँका पन्ध्र वर्षकै राईदासेसँग पठाइयो। उमेरले दुवै जना किशोरावस्थामा छन्। घरायसी काममा सघाउनु पर्ने भन्दै उमेर नपुग्दै विहे गरिदिए अभिभावकले। उच्च शिक्षा दिनुपर्ने पिरलो आमाबुवामा थियो। दुवै पक्षका अभिभावकले २० वर्ष नपुग्दै विवाह गर्नु गैरकानुनी भएपछि अनौपचारिक रुपमा विवाह गराए।

द्वन्द्वकाल सम्झाउने नाटक ‘द लिटिल स्कुल’

लेखक अलिसिया पार्टनोय सेनाबाट बेपत्ता हुनुपर्दाको घटनाक्रम सुनाउँदै छिन्। उनले घटनाको बयान गरिरहँदा छेउमै सेनाजस्ता देखिने केही मानिस एक युवतीलाई जबर्जस्ती समातेर लैजान्छ । यो दृश्य शनिबारदेखि कौसी थिएटरमा मञ्चन भइरहेको ‘द लिटिल स्कुल : बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटकको हो।

कर्णाली समृद्धिको कथा

गाउँमा स्थानीय परम्पराअनुसार बिहे हुन्छ। विवाहपछि बुहारी गर्भवती हुन्छिन्। सासु र घरका सदस्यले सबै काममा बुहारीलाई सघाउँछन्।

‘रारा राष्ट्रिय नाटक महोत्सव’मा १३ नाटक

कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’मा १३ नाटक मञ्चन हुने भएका छन्।

नाटकसँगै फोटो प्रदर्शनी

राजधानीमा सोमबारबाट जारी ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९’मा बुधबार चार स्थानमा चार नाटक मञ्चन भए।

सडक नाटकमा ट्राफिक सन्देश

ट्राफिक सचेतना फैलाउन खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले सडक नाटक मञ्चन गरेको छ। क्याम्पसको हेल्थ केयर एन्ड नेचर सेलको आयोजनामा ‘हामी सबैको सुरक्षा, ट्राफिक चेतनाको आवश्यकता’ भन्ने नारासहित हालै मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेलको जिरो पोइन्ट किराँत चोकमा सडक नाटक मञ्चन गरिएको हो।

बाथटब

माघ १२ गते शनिवारको दिन साँझपख काठमाडौंको आकाश धुम्मिएको थियो। पहिलो पटक सातवर्षिया विपष्वी श्रेष्ठ बत्तिसपुतलीको शिल्पी थिएटर (गोठाले नाटकघर) मा छिरेकी छन्। चिसो मौसममा नाटकघरको सानो आँगनमा ठूलठूला मान्छे खचाखच देखेर विपष्वी बाउको मुखमा पुलुक्क हेरेर सोध्छे–बाबा हामी यहाँ किन आएको ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्