९ असार २०८१ आइतबार
image/svg+xml

दसैंमा बाजागाजामय भक्तपुर

दैनिक फरक धार्मिकस्थलमा विभिन्न टोलबाट निकालिएका बाजागाजा तथा मानिसको भेलाले मेलाको रौनक बढाएको छ। यस्ता मेलामा बजाइने बाजामा युवाहरुको सहभागिता अध्याधिक रहेको छ। धिमे, बासुँरी र झ्यालीलगायत बाजागाजा युवायुवतीले बजाउने गरेका छन्।

गुँलाबाजा संरक्षणमा काठमाडौं महानगर, अनुदान रकम बढ्यो

काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्।

अन्योलमा लोकबाजा संग्रहालय

त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ‘नेपाली लोकबाजा संग्रहालय’ भत्काउने निर्णय अन्योलमा परेको छ ।

बाजा जोगाउनै मुस्किल, मतयाः अर्थात उज्यालो जात्रा

दीप प्रज्वलन गरेर मनाइने नेवार समुदायको एक महत्वपूर्ण पर्व मतयाः (श्रृंगभेरी) भित्र चर्चित र लोपोन्मुख गरी १८ वटा बाजा छन् । त्यसमध्येका धेरै बाजा अन्य पर्वमा निकाल्न मिल्दैन । मतयाः जात्राको साइत पारेर जात्रा सुरु हुनुभन्दा १५ दिन अघि मात्रै बाजा निकालिन्छ र कलाकारलाई अभ्यास गराउने चलन छ । यस वर्ष मतयाः जात्रा साउन ३२ गते मनाइँदै छ ।

गुँलापर्वमा दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने

विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महीना मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ।

घट्यो नेपाली लाेकबाजाको बजार

राजधानीको क्षेत्रपाटी आसपासको व्यस्त क्षेत्रमा रहेका सटरहरूमा धमाधम विभिन्न नेपाली वाद्यवादनहरू उत्पादन भइरहेको छ। नेपाली परम्परागत वाद्यवादनहरु उत्पादनलाई निरन्तरता दिइरहेका वाद्यवादन व्यवसायीहरू यसको व्यापार बढ्न नसकेको प्रतिक्रिया दिन्छन्।

लोकबाजा संग्रहालय भत्काइँदै

त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको सत्तल काठको टेको लगाएर अड्याइएको छ। हेर्दा दयनीय देखिने सत्तलमा झुण्डाइएको बोर्डमा लेखिएको छ, ‘नेपाली लोकबाजा संग्रहालय’। नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ६५० प्रकारका बाजाहरूको अध्ययनको लागि महत्वपूर्ण मानिने संग्रहालय गुठी संस्थानले भत्काउने भएको छ।

प्रतिबन्धित डिजेबाजा पड्किँदा युवाको मृत्यु

प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ।

पञ्चेबाजा संरक्षण गर्न कार्यविधि

समाज रूपान्तरणको प्रक्रियासँगै गाउँवस्तीमा आधुनिकताले प्रवेश पाए पनि जुम्लाको तातोपानी गाउँपालिकाले परम्परागत पञ्चेबाजा संरक्षणका लागि कार्यविधि नै बनाएको छ।

पुसमा पन्चेबाजा घन्किँदा

मंसिर महिना पछि आउने पुसमा न विवाह नै हुन्छ न त ब्रतबन्ध। लगन नभएको यो महिनामा धादिङबेसीमा पन्चेबाजा बज्दा स्थानीयहरू कान ठाडो पार्दै भेला हुन थाले। जिल्लाका विभिन्न ठाउँबाट भेला भएका पन्चेबाजाको समूह धादिङबेसीमा घन्किँदा छुट्टै रौनक छायो। लोप हुँदै गएको पन्चेबाजाको तालमा बच्चादेखि वृद्धवृद्धाहरू झुम्मिदा बाहुन, मगर, दलितलगायत विभिन्न जातजातिहरूले आफ्नै भेषभुषामा पन्चेबाजा बजाउन व्यस्त थिए।

बाजागाजाले गुन्जियो भक्तपुर

भक्तपुर नगर शनिबार दिनभर बाजागाजामय बन्यो। सधैं जात्रापर्वमा मात्रै बाजामय हुने सानो भक्तपुर शनिबार भने जात्रापर्व नपरे पनि बाजागाजाले गुन्जायमान बनेको थियो। भक्तपुर नगरपालिकाले ‘नगरव्यापी धाँ बाजा प्रतियोगिता’ आयोजना गरेपछि नगर बाजामय भएको हो।

गीतमा ‘नाम पछाडि थर’

मंसिर, लगनको महिना। यो महिनामा धेरैको वैवाहिक सम्बन्ध गाँसिन्छ। कलाकर्मीले यही समयको अवसर पारेर पञ्चेबाजाका गीत बजारमा ल्याईरहेका छन्। पश्चिमका भाकामा पञ्चेबाजाको गीत सुन्न पाए पनि पूर्वेली गीतमा पञ्चे बाजा गीत सुन्न विरलै पाइन्छ। पूर्वेली कलाकर्मीहरू आफ्नै भाकामा बिहेका कुरा गर्छन्।

माइत आइन् त्रिपुरा सुन्दरी भगवती

झ्याइझ्याई पञ्चेबाजाको तालमा खुडा, खुकुरी र तरबार नाँच। त्यसपछि दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै एकहुल भक्तजन जयजयकार गाउँदै थिए। उनीहरूको हाते साङ्लोभित्र पुजारीले देवीको प्रतिमूर्ति बोकेका थिए।

मादले दाइ

झण्डै वर्ष दिन अघि त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयमा बाजा बिशेषज्ञ रामप्रसाद कँडेलले हामीसँग प्रेमदेव गिरीको योगदान सुनाएका थिए–‘यति धेरै ताल र सुरमा मादल बजाउने अर्को मादले मैले देखेको छैन। उनी त लिजेन्ड नै हुन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्