धरानमा डेंगु रोगको प्रकोप
डेंगु रोगको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले लाखखुट्टे नियन्त्रणका लागि आवश्यक फगिङ मेसिन खरिद गर्ने भएको छ।
डेंगु रोगको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले लाखखुट्टे नियन्त्रणका लागि आवश्यक फगिङ मेसिन खरिद गर्ने भएको छ।
धरानस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा रकम लुटिएको छ। धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। रकम लुटिएको स्थान धरानबजारदेखि पूर्वतर्फ रहेकाे छ।
रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगरको वरगाछी–रोडशेष सडक खण्डको काम चाँडो सक्न माग राख्दै विराटनगरको मुनालपथमा स्थानीयले सडक अवरुद्ध पारेका छन्।
घरको धारामा पिउने पानी नआएको भन्दै मंगलबार विभिन्न वडाका बासिन्दाले धरान उपमहानगरपालिका घेराउ गरेका छन्।
गत फागुनमा आयोजना भएको सातौं नेवा च्यारिटी १० के रनबाट आयोजक धरान रनलाई ७ लाख ७७ हजार ६२ रुपैयाँ जोगिएको छ।
प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।
प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।
जिल्लाको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको नम्बरको यात्रुबाहक बस सोमवार दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किँदा चालकसहित ४ जनाको मृत्यु भएको हो।
१४ वर्षअघि धरान उपमहानगरपालिका–१० की रोमा शाक्यले छोरी जन्माइन्। उमेरअनुसार छोरी रोजाको बोलीमा विकास भएन। डेढ वर्षकी भएपछि मात्रै हिँड्न थालिन्। शारीरिक बनोट ठीकै भएकी रोजा कुरा बुझ्छिन् तर राम्ररी फर्काउन सक्दिनन्। मन्टेश्वरी एक वर्ष पढाएपछि थाहा भयो, रोजामा डाउन सिन्ड्रोमको समस्या छ। त्यसपछि मन्टेश्वरीले उनलाई धरान–११ स्थित डाउन सिन्ड्रोम र अटिजम भएका विशेष बालबालिकालाई शिक्षा दिने स्पेसल एजुकेसन सेन्टरमा पठायो।
धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अंग्रेजी भाषा अध्ययन गर्नका लागि साउदी अरबबाट ५५ हजार रूपैयाँ सहयोग गरेको छ। २८५५ औं सोनाम ड्वा फा (ल्हो) ल्होछार मूल आयोजक समिति रियाद साउदी अरबले उक्त रकम सहयोग गरेको हो।
बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटर मात्रै मापदण्डबमोजिमको हुने भएकाटहरी बजारदेखि उत्तर तरहरा बजारसम्मको सडक–खण्ड मापदण्डअनुसारको हुनेछ भने बाँकी खण्डमा मापदण्ड मिचिनेछ।
आरती स्ट्रिप्स धरान रन १० के–नेवा च्यारिटी रन आयोजना हुने भएको छ। यो फागुन २५ गते हुने दौडमा पाँच हजारले भाग लिने आयोजकले जनाएको छ।
सहारा क्लबको आयोजनामा शुुक्रबार प्रिक्र्वाटर खेलमा धरान फुटबल क्लबलाई १–० गोलले पन्छाउँदै शेर्पाले आफ्नो पोखरा यात्रालाई केहीदिन लम्ब्यायो। हिमालयन शेर्पाले निर्णायक गोल गर्न एक घण्टा बढीको समय लगायो।
आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डाउफिन्स एफसी, क्यामरुनले २१औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ।