डाफिन्सको जितमा एन्जमा नायक
एन्जमा यानिकको दुई गोल मद्दतमा बुधबार एपिएफलाई २–० ले पराजित गर्दै क्यामरुनी क्लब डाफिन्स धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हारपछि एपिएफ पहिलो खेलबाटै बाहिरिएको छ।
एन्जमा यानिकको दुई गोल मद्दतमा बुधबार एपिएफलाई २–० ले पराजित गर्दै क्यामरुनी क्लब डाफिन्स धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हारपछि एपिएफ पहिलो खेलबाटै बाहिरिएको छ।
घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गर्दै आयोजक धरान फुटबल क्लब २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
दुई दशकदेखि निरन्तर आयोजना भइरहेको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २१ औँ संस्करण शनिबारदेखि शुरु हुँदै छ। धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएर उद्घाटनको मात्र प्रतिक्षा रहेको आयोजक धरान फुटबल क्लबले जनाएको छ। आजको उद्घाटन खेलमा काठमाडौंको संकटा क्लब र झापाको मेची नेत्रालय केएफटिसीले प्रतिस्पर्धा हुनेछ।
कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।
धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।
सूर्य नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गत इस्टर्न ओपन बुधबारदेखि धरानमा हुने भएको छ। सूर्य नेपाल प्रालिको आयोजनामा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब एन्ड गल्फ कोर्समा हुनेछन्।
स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोस्राे कन्सर्ट सम्पन्न गरेकाे छ।
गएको साउन पहिलो साता धरान १६ स्थित रंगशालामा धमाधम घाँस रोपियो । आर्थिक वर्ष सकिएर सबै विकासको काम ठप्प हुने समयमा यहाँ भने सरकारी बजेटमा काम भइरहेको थियो।
दुई जना घाइते हुने गरी झडप भएपछि प्रशासनले बन्द गराए पनि धरान उपमहानगरपालिका नेतृत्व र पूर्वएमाले पार्टीले रमाइलो मेला लगाउने अडान लिएको छ। एमाले पार्टी कार्यालयमा कार्यवाहक प्रमुखसहित केही वडाअध्यक्षहरुको बैठकले विरोध आएपनि नगर कार्यपालिकाको निर्णय अनुसार मेला लगाएरै छोड्ने निर्णय गरेको हो।
सबैतिर वडादसैंको रौनक छाइरहँदा बुधबार धरानमा भने आन्दोलन चल्यो। दसैं तिहारको अवसरमा रमाइलो मेलाको नाममा जुवा र मदिराजन्य मेला लगाउने स्वीकृति दिएको भन्दै विभिन्न साना दलहरु आन्दोलनमा उत्रिएका हुन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान राजनीतिक स्वार्थ र पदाधिकारीबीचको शक्ति संघर्षको चपेटामा परेको छ।
भारतीय दूतावासको सहयोगमा निर्माण भएको नयाँ कलेज भवन(न्यू एकेडेमिक ब्लक) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझै हस्तान्तरण गरिएको छैन । तर भवन हस्तान्तरणअघि नै ५० लाख रुपैयाँ अतिरिक्त खर्च गरेको पाइएको छ।
गायक दिपक बज्राचार्यले आफ्नो सांगीतिक समूह ‘रिदम’ र ‘नेवारी सांस्कृतिक समूह’का साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।
‘कि आमा कि मामा’ भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका–५, साउने टोलकी १७ वर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए । छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शव यात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ।