११ मंसिर २०८१ मंगलबार
image/svg+xml

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

धरानमा विमानस्थल बन्ने अनिश्चित

नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ।

धरानमा नीतिविपरीत जथाभावी ‘डिप बोरिङ’

भूमिगत जलभण्डार रित्तिन नदिन घर बनाउँदा अनिवार्य ‘रिचार्ज पिट’(पुनर्भरण खाल्डो) बनाउनुपर्ने उपमहानगरपालिकाको नीतिविपरीत धरानमा जथाभावी भूमिगत पानी निकाल्ने (डिप बोरिङ) क्रम रोकिएको छैन।

चार देशका पर्यटन व्यवसायी धरान आउँदै

प्रदेश १ र २ को प्रमुख पर्यटकीय गन्तव्यहरूको प्याकेज तयार गरी बाह्य पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ आयोजना हुन लागेको ३ दिने इष्ट टुरिज्म मार्टमा छिमेकी चार राष्ट्रबाट ठुलो संख्यामा पर्यटन व्यवसायी धरानमा सहभागी हुने भएका छन्।

धरानमा एनसिसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले सुनसरीको धरानमा शाखा स्थापना गरेको छ । बैंकको सञ्चालक समिति सदस्य इमानसिंह लामाले महेन्द्रपथस्थित शाखा कार्यालयको बिहीबार उद्घाटन गरे । शाखाबाट बैंकले सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

लाहुरेविहीन बन्दै धरान

सुनसरीको साविक विष्णुपादुका गाविस (हाल धरान–२०)मा रहेको माछामारा डाँडास्थित मैचुङ्छा पाखामा एउटा पक्की चौतारो छ । जहाँ माथि प्रस्तुत कविताझैं लाग्ने हरफहरू कुँदिएका छन्।

लोकप्रिय धराने कालो बंगुर

किराँत समुदायमा सबैभन्दा लोकप्रिय मासु हो, बंगुरको मासु । बंगुरको मासुलाई विभिन्न सांस्कृतिक कार्यमा समेत प्रयोग गरिन्छ। राई तथा लिम्बु जातिमा बंगुरको मासु खान कुनै चाडपर्व वा अवसर पर्खनुपर्ने चलन छैन।

धरानमा प्रोजेक्ट वानको कन्सर्ट

धरान र नेपालका चर्चित व्यान्डका सदस्यहरुलाई अनुबन्धित गरि सञ्चालनमा ल्याइएको नयाँ व्यान्ड ‘प्रोजेक्ट वान’ले आगामी वैसाख ८ गते धरानको पब्लिक स्कुलको मैदानमा ‘फेरि उठ्नेछ नेपाल’ शीर्षकमा कन्सर्ट आयोजना गर्ने भएको छ ।

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक समयमै गुणस्तरीय रुपमा सक्न निर्देशन दिएका छन्।

आयोजक धरान र भारतकोे दुर्गापुर स्टिल एफसि भिड्दै

सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) आयोजक धरान फुुटबल क्लब र भारत कलकत्ताको दुर्गापुर स्टिल एफसिबीच प्रतिस्पर्धा हुदैछ।

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  विहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा धरान फुटब क्लवलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै पुलिसले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो।

फाइनल प्रवेशका लागि पुलिस र धरान भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा विहिबार (आज) नेपाल पुलिस क्लब र धरान फुटबल क्लब भिड्दैछन । खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

टाई–ब्रेकरमा धरानको जीत

नेपाल त्रिभुवन आर्मी क्लबलाई टाई–ब्रेकरमा हराउँदै धरान फुटबल क्लबले आइतबार आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । जारी सिजनमा तीनवटा उपाधि जितिसकेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पहिलो खेलबाटै घर फर्काउने क्रममा धरानले पोखरा रंगशालामा पेनाल्टी सुटआउटमा ५–४ को विजयी नतिजा निकाल्यो । त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्