३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चुनाव प्रजातान्त्रिक परिपाटी र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरि काँग्रेसलाई साथ दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले नेपालगन्जमा स्थापना गरेको क्षेत्रीय स्तरको मिडिया सेन्टरको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

११ को परीक्षा जिम्मेवारी स्कुललाई दिने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरिरहेको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय निकायालाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न आवश्यक नरहेको बताए ।

एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डाले अगामी वर्षको कक्षा १० को एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी गरेको छ । यसको लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरीरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न वञ्चित

त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा भौतिक शस्त्र स्नातकोत्तर तहका ६० विद्यार्थी शोधपत्र (थेसिस) लेख्न वञ्चित भएका छन् । यसले विद्यार्थीको स्वदेश तथा विदेशमा गएर अगाडिको उच्च शिक्षा हासिल गर्ने बाटो छेकेको छ।

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी हुन आवेदन दिएकाहरूले फिदिममा दिउँसो मध्याह्नमा धुलाम्मे खेल मैदानमा बसेर परीक्षा दिएका छन् । बुधवार दिउँसो रातो माटोले भरिएको मैदानमा दुई घण्टा बसेर म्यादी प्रहरी बन्नका लागि पाँचथरवासीले परीक्षा दिएका हुन्।

म्यादी प्रहरीले दिए लिखित परीक्षा

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी छनोटकाे लागि लिखित परीक्षा संञ्चालन गरिएकाे छ । पहिलो चरण अन्तर्गत दाैड पास भएकाहरुले मंगलबर गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा सामुहिक लिखित परिक्षा दिएका छन् । लिखित परिक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।

दलको अग्निपरीक्षा

नेपालको राजनीतिक इतिहासमा धेरैभन्दा धेरै राजनीतिक परिर्वतन भएको छ । वि.सं. २००७ सालबाट जहानिया राणा शासनको अन्त्य भएपश्चात जनता र राजाको संयुक्त पहलबाट प्रजातान्त्रिक व्यवस्थाको उदय भए तापनि राणाहरूकै राजनीतिक देखासिकी र एकाधिकारवादको अध्ययनको प्रभावले राजाहरूले आफ्नै प्रत्यक्ष प्रभावमा राज गर्नबाट वञ्चित हुन सकेनन् ।

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन १६ लाख

चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउन नेपाली र भारतीय गिरोहले प्रतिविद्यार्थी १६ लाख रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। शनिबार काठमाडौंमा सञ्चालित प्रवेश परीक्षामा सहभागी विद्यार्थीलाई उत्तीर्ण गराउन नेपाली र भारतीय गिरोहले आधुनिक उपकरण दिएर चिट चोराउँदै गर्दा ४ विद्यार्थीसहित १६ जना पक्राउ परेका थिए।

एमबीबीएस प्रवेश परीक्षामा प्रविधिमार्फत चिट चोर्ने र चोराउने पक्राउ

एमबीबीएस प्रवेश परीक्षामा वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा चन्द्रमणि नियुक्त

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा.चन्द्रमणि पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई चार वर्षका लागि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा नियुक्त गरेको हो । त्रिविका पूर्व रजिष्ट्रार पौडेल, हाल सोही विश्वविद्यालयमा तथ्याकशास्त्रका प्राध्यापकाको रुपमा कार्यरत छन् ।

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

नौकुण्ड गाउँपालिका– १ स्थित यार्साकी लालमाया घले अहिले २२ वर्षको पुगिन् । १६ वर्षको उमेरमा लेबनान पुगेकी घले नेपाल फर्किएको दुई वर्ष भयो।

त्रिवि परीक्षा नियन्त्रकविहीन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ।

आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ। अस्थायी शिक्षक-प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए।

एमए दोस्रो वर्षकाे परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

आजदेखि एसइई पूरक परीक्षा शुरु

देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा विहीबारदेखि शुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्