१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ।

चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु

तनहुँकाे भानु नगरपालिका-२ भकुन्थाेकमा चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु भएकाे छ। घरमा खेलीरहेकाे अवस्थामा चितुवाले आक्रमण गर्दा ईश्वर अधिकारीको ९ वर्षीया छाेरी पुष्पा अधिकारीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ब्रिटिस एयरवेज १० वर्षपछि पाकिस्तान फर्कियो

सुरक्षा अवस्था कमजोर रहेको भन्दै १० वर्षभन्दा पहिले उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पुनः पाकिस्तानका लागि उडान सुरु गरेको छ। बेलायती वायुसेवाको सो विमानको उडान पाकिस्तानका लागि निकै महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट साताको तीन दिन पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान गर्नेछ ।

ज्ञानेन्द्र शाही पक्राउ प्रकरण : कर्णालीका पत्रकारमाथि निरन्तर आक्रमण

पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेलगत्तै यहाँका पत्रकारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण सुरु भएको छ। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीका समर्थकहरुले यहाँका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने धम्की दिनुका साथै श्रद्धाञ्जलीसमेत व्यक्त गरिरहेका छन्।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन, सोलु घटना सरकारी षडयन्त्र हो : विप्लव समूह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको प्रस्ट पारेको छ।

विहानै बसेको थियो गृहमा सुरक्षा समितिको बैठक

नेत्रविक्रम चन्द विप्लव समूहले सोलेखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा सोमबार विहान केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

गृह मन्त्रालयले भन्यो– सोलुखुम्बु आक्रमण प्रयास हल्ला मात्रै

नेत्रविक्रम चन्द विप्लव समूहले गएराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण गर्न खोजेकोबारे गृहमन्त्रालयले ठाडै अस्विकार गरेको छ।

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन्।

श्रीलंकामा संकटकाल नलम्बिने

अप्रिल २१ मा श्रीलंकामा गराइएको आत्मघाती आक्रमणहरुपछि लगाइएको संकटकाल थप नलम्बिने भएको छ। दुई सय ५० जनाभन्दा बढीको ज्यान जाने गरी गराइएका आक्रमणपछि जारी गरिएको कडा संकटकालीन कानुनलाई एक महिनाभित्र विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैथ्रिपला सिरिसेनाले सोमबार बताएका छन्। राष्ट्रपति सिरिसेनाले इसाई धर्मावलम्बीको धार्मिक पर्व इस्टरका बेला गराइएका ती बम आक्रमणपछि हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अब संकटकालीन कडा कानुनको औचित्य समाप्त भएकाले संकटकाल थप नलिम्बने जिकिर गरेका हुन्।

रौतहटको विकास निर्माणमा नियोजित आक्रमण

रौतहटको विकास निर्माण नियोजित किसिमले आक्रमणको शृंखला बढेको पाइएको छ। जिल्लाको सडक तथा भवन निर्माणको क्षेत्रमा नियोजित आक्रमणको शृंखला बढेको पाइएको हो।

‘कीर्तिपुर’मा कीर्तिपुर आक्रमणको कथा

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयलाई प्रस्तुत गरिएको फिल्म ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनका लागि तयार भएको छ।

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

सिरियाको सरकारी फौजले इड्लिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। सो हवाई आक्रमण रुसी सेनाले गरेको आशंकासमेत गरिएको छ।

सिरियामा हवाई आक्रमण, १० सर्वसाधारण मारिए

रुसको नेतृत्वमा सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीमा १० सर्वसाधारण मारिएका छन्।

सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन्।

जंगली जनावरका लागि विद्युतीय बार

जंगली हात्तीको आक्रमणबाट सुनसरी कोसी गाउँपालिका क्षेत्रमा २०७४ मंसिर दोस्रो साता एकैचोटि दुईजनाको मृत्यु हुन पुग्यो। सो आक्रमणबाट कोसी गाउँपालिका–३ की ५५ वर्षीया बेचनीदेवी सर्दार र सोही ठाउँकी ४५ वर्षीया देवकीदेवी सर्दारको मृत्यु भएको थियो। सो घटनाको केही दिनपछि वराहक्षेत्र नगरपालिकाको श्रीलंका टापुका रविलाल उरावको पनि अर्को दुखद घटना हुन पुग्यो। प्रायः आरक्षआसपासमा विपन्न परिवार रहेका छन्, घाँसदाउरा गर्न गएकै बेला हात्ती, अर्नालगायत जनावरले आक्रमण गर्ने चिन्ताले उनीहरूलाई सताउँदै आएको थियो। राति पनि जंगली जनावर मानव बस्तीमा पस्दा मानवीय क्षति गर्ने उत्तिकै चिन्ता हुने गथ्र्यो। अन्नबाली र घर भत्काएको त सामान्य नै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्