coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा हवाई आक्रमण, १० सर्वसाधारण मारिए

सिरिया – रुसको नेतृत्वमा सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीमा १० सर्वसाधारण मारिएका छन्।

मारिएका १० जनामध्ये पाँच बालबालिका रहेका एक मानवअधिकार समूहले सोमबार जानकारी दिएको छ। रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो। सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

इद्लिब प्रान्तको कफ्रान्बेल सहरमा रुसको नेतृत्वमा भएको यस हवाई आक्रमणमा परी पाँच बालबालिका, चार महिला र एक पुरुषको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ। यस सहरका रहेको अस्पतालनजिकै सो हवाई आक्रमण भएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ। यस  हवाई आक्रमणमा परी पाँच वटा घर ध्वस्त र क्षतिग्रस्त भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। त्यसपछि सिरियाली गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्सजस्ता आतंककारी समूहहरु हाबी हँुदै गएको थियो।     सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौंको संख्यामा घाइते भएका छन् भने लाखौं व्यक्ति सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App