१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु

तनहुँ– तनहुँकाे भानु नगरपालिका-२ भकुन्थाेकमा चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु भएकाे छ। घरमा खेलीरहेकाे अवस्थामा चितुवाले  आक्रमण गर्दा ईश्वर अधिकारीको  ९ वर्षीया छाेरी पुष्पा अधिकारीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शुक्रबार साझ घरमा खेलिरहेकी अधिकारीलाई अकस्मात चितुवाले आक्रमण गरेपछी घर देखि ५०० मिटर माथिको खरबारीमा मृत अबस्थामा फेलापरेकी  थिइन्। चितुवाले वालिकाका घाटिमा चिथरेको डाम परेको देखिएकाे प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणमा परी मृत्यु भएका उनीहरुलाई यसअघि नै राहतबापतको दश लाख रुपैयाँ प्रदान गरिसकिएको छ। गत माघ महीनामा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुई वटा चितुवा मृतावस्थामा फेला परे पनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App