१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुन पसलमा एसिड किनेर श्रीमतीमाथि प्रहार

काठमाडाैँकाे कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड आक्रमण भयो। एसिड आक्रमण अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आपसी विवादकै कारण आफ्नै श्रीमान विष्णु (रोयल) भुजेलले श्रीमति जेनी (बुनु) खड्कामाथि एसिड प्रहार गरेका हुन्।

चितुवाको आक्रमणबाट दुई जना घाइते

पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको  आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएका हुन्।

श्रीलंकामा शुक्रबार दाेहाेराे भिडन्त : बालबालिकासहित १५ आतंककारीकाे मृत्यु

गएराति श्रीलंकाली सेना र संदिग्ध इस्लामिक अतिबादी समूहबीच भएकाे भिडन्तमा १५ जना आतंककारीकाे ज्यान गएकाे छ। जसमा ६ जना बालबालिका पनि रहेका छन्।

‘विस्फोटनमा अन्तर्राष्ट्रिय सञ्जाल संलग्न’

श्रीलंकामा आइतबार गराइएको शृंखलाबद्ध आक्रमणमा अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता रहेको अधिकारीहरुले बताएका छन्। विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या सोमबार यो समाचार तयार पार्दासम्म दुई सय ९० पुगेको छ।

श्रीलंकामा शृंखलाबद्ध विस्फोट, हमलामा नेपाली परेका छैनन्ः परराष्ट्र

श्रीलंकामा आइतबार विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी कम्तीमा दुई सय सातजनाको मृत्यु भएको छ। इस्टर पर्वका अवसरमा गिर्जाघरहरुमा आयोजित धार्मिक कार्यक्रममा सहभागी र तीनवटा लक्जरी होटलमा रहेका व्यक्तिलाई लक्षित गरी गराइएका आक्रमणमा परी चार सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोही नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

श्रीलंकामा रातभरका लागि देशव्यापी कर्फ्यू

श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलाबद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ।

श्रीलंका आक्रमण अपडेट : मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ।

श्रीलंका विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। श्रीलंकामा आइतबार विहान राजधानी कोलम्बोसहित तीन जिल्लाका चर्च र होटलमा श्रृखंलाबद्ध बम आक्रमण हुँदा १३८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते छन्।

कोलम्बो आक्रमण अपडेट : एक सय बढीको मृत्यु, चार सय घाइते

श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कोलम्बोमा आक्रमण, २० बढीको मृत्यु

श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ वटा पाँचतारे होटलमा भएको आक्रमणमा परेर २० भन्दा बढीको मृत्यु भएको छ भने तीन जति घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा तालिवानी अभिव्यक्तिकाे निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिवानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ।

अफगानिस्तान : उपराष्ट्रपतिमाथि सांघातिक आक्रमण, अंगरक्षकको मृत्यु

अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि सांघातिक आक्रमण भएको छ । तालिवानले उपराष्ट्रपति दोस्तममाथि आक्रमण गरेकाे समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्। आक्रमणमा उनका एक अंगरक्षकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्