५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सुन पसलमा एसिड किनेर श्रीमतीमाथि प्रहार

काठमाडाैँ - काठमाडाैँकाे कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड प्रहार भयो। एसिड प्रहार अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आपसी विवादकै कारण आफ्नै श्रीमान विष्णु  (रोयल) भुजेलले  श्रीमति जेनी (बुनु) खड्कामाथि एसिड प्रहार गरेका हुन्। 

फेसबुक टाइमलाइन हेर्दा उनीहरुबीच प्रेम सम्बन्ध प्रगाढ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ। एसिड प्रहार गर्ने उनका श्रीमान बिष्णु भुजेललाई प्रहरीले राती १० बजे पक्राउ गर्यो। बिष्णु पक्राउ परेसँगै उनीहरूको सम्बन्धकाअनेकौ कुरा बाहिर आएका छन्। विष्णु बुधबार रातीदेखि प्रहरी हिरासतमा छन्।

एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय  खड्कालाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल उपचारकाे लागि पुर्‍याइएकाे छ। अस्पतालका जनसम्पर्क प्रमुख तारानिधि भुर्तेलका अनुसार युवतीको सघन उपचार कक्षमा उपचार भइरहेको छ। उनका अनुसार युवती खतरामुक्त रहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएका थिए। दुईबीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए । भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती कालोपुलमा आमासँग बस्दै आएकी थिइन्।

डिएसपी बोगटीले भुजेलको बयानलाई उदृत गर्दै भने, श्रीमतिलाई धेरैपटक सँगै बस्न श्रीमान भुजेलले बोलाउने गरेको तर दोस्री श्रीमती भएको भन्दै माइतमा नै बस्दै आएकोले उनीहरूबीच विवाद उत्पन्न भएको हो।

प्रहरीलाई दिएको बयानमा उनले बुधबार दिउँसो काभ्रेको एक सुन पसलबाट एसिड किनेर ल्याएको बताएका छन्।भुजेलले एसिड ज्याकेटको खल्तीमा लुकाएर ल्याएको बताएकाे छ। राति करिब ८ बजे भेट्ने बहानामाश्रीमतीलाई बोलाएर एसिड प्रहार गरेको भुजेले प्रहरीसमक्ष स्वीकार गरेका छन्।  श्रीमतीलाई एसिड प्रहार गरेपछि बिष्णु भागेर काडाँघारी पुगेका थिए।

प्रहरीलाई घटनाको बारेमा जानकारी हुनसाथ सबै प्रहरी वृतद्वारा भुजेलको खोजी सुरू भएकाे थियो। खोजीको क्रममा रहेको प्रहरी टोलीले काँडाघारीमा रहेको एउटा रेष्टुराँमा मादक पर्दाथ सेवन गरिरहेको अवस्थामा भुजेललाई पक्राउ गरेको गरेको थियो।  घाइते जेनीको बयानले भुजेललाई खोज्न सफल भएको डिएसी बोगटीले बताए।

प्रकाशित: २ जेष्ठ २०७६ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App