१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

भ्रमण वर्ष सफल बनाउन सेनाको प्रवर्द्धनात्मक कार्यक्रम

सेनाले सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन वर्ष सफल बनाउन विभिन्न आठ चरणका कार्यक्रम सार्वजनिक गरेको हो।

सेनासँग थपिए दुई स्काइ ट्रक

हवाई उड्डयन क्षेत्रमा दुई जहाज थपिएका छन्। अमेरिकाले नेपाली सेनालाई सहायता स्वरूप दिने भनेको चार वटा एम १८ स्काई ट्रक मध्ये दुईवटा स्काइ ट्रक काठमाडौं आइपुगेका हुन्।

प्रकृतिलाई माया गरौ

नेपाली सेनाले लडाइँ लड्ने मात्र हैन मुलुकका विभिन्न क्षेत्रमा योगदान समेत पु-याउने गर्छ। कहिले उसले बाटो खन्ने काम गर्छ त कहिले खेलकुदमा सहभागिता जनाँउदै मुलुकको नाम अगाडि राख्छ।

अमेरिकाले दुई 'स्काई ट्रक' सेनालाई पुसमा हस्तान्तरण गर्ने

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र अमेरिकाका सहायक रक्षामन्त्री रेन्डल स्क्रिभरबीच भेटवार्ता भएको छ। जंगी अड्‍डामामा भएको शिष्टाचार भेटमा अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगको विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्त विज्ञानदेव पाण्डेले बताए। अमेरिकाले नेपाली सेनालाई चार वटा 'स्काइ ट्रक' उपहार दिने यस अघिनै बताइसकेको छ।

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह प्रहरीको फन्दामा

प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोह प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले गिरोहमा संलग्न तीन जना प्रहरीको फन्दामा परेका हुन्।

भेटिएको युद्ध सामग्रीबारे सेना अझै मौन

नेपाली सेनाको एक टोलीले गत असोज दोस्रो साता नियन्त्रणमा लिएको युद्ध सामग्रीबारे तीन महिना बितिसक्दा पनि सुरक्षा निकायले कुनै औपचारिक जानकारी दिएको छैन।

सकारात्मक प्रयास, कमजोर नतिजा

मन्त्रीको पदबहाल गरेपछि ५८ बुँदे दीर्घकालीन कृषि रणनीति योजना सार्वजनिक गरेका कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनाल ‘कृषि क्षेत्रमा औसत काम’ गरेर २० महिनामा मन्त्रालयबाट बिदा भएका छन्। जनसेनाको डेपुटी कमान्डर, तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हुँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका खनालले कृषि क्षेत्रमा आशा जगाए पनि उत्साह भने भर्न सकेनन्।

फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ

भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।

नेपाली भूमिबाट भारतीय सेना हटाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अरु कसैको सीमा नमिच्ने र आफ्नो सीमा पनि मिच्न नदिने अठोट व्यक्त गर्दै नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको बताए।

चौकीबाट भाग्न खोज्दा सेनाका जवानको मृत्यु, चितवनका दुई प्रहरी नियन्त्रणमा

अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतवार एक जनाको मृत्यु भएको छ।

बाल सेनाको मुद्दा टुंग्याउने उपाय

अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार १५ वर्षभन्दा मुनिकालाई युद्धमा सामेल गर्नु युद्ध अपराध गर्नु हो। हुन्थेन, तर नेपालको १० वर्षे सशस्त्र जनयुद्धमा हजारौं बालबालिका सामेल गरिए। २०६३ सालमा शान्ति सम्झौता भएपछि क्यान्टोनमेन्ट(शिविर)मा राखिएका त्यस्ता बालबालिकालाई नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’को सहजीकरणमा भएको सेना समायोजन प्रक्रियाले ‘अयोग्य’ करार गर्दै बहिर्गमन ग-यो (न उनीहरूले ‘गोल्डेन ह्यान्डसेक’अन्तर्गत स्वेच्छिक अवकाशबापत आर्थिक प्याकेज पाए न नेपाली सेनामा समायोजन हुन)।

थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार

थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्। थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिनुभयो। स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ।

मन्त्रिपरिषदका १५ निर्णयः सेना परिचालनदेखि विश्व बैंकको १३ अर्ब ऋणसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सन्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेका १५ निर्णयमा उपनिर्वाचनमा सेना परिचालनदेखि विश्व बैंकको ऋण सहायता स्वीकार गर्नेसम्म रहेका छन्।

‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ, सरकारले कुटनीतिक पहल गर्छ’

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने स्पष्ट पारे।

ब्रिटिस सेनामा नेपाली नागरिकको भर्ना बन्द गर्नुपर्छः नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्