१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानसेनापति भेट्न भारतीय सेनाका जनरल जंगी अड्डामा

भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। थापालाई भेट्न जनरल आर सोमबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।

सेना–प्रहरीमा सेवा अवधि नपुग्दै जागिर छाड्ने प्रवृत्ति बढ्दो

ललितपुर, महालक्ष्मीका उत्तम थापा (नाम परिवर्तन)को बाल्यकालीन सपना थियो– प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने। २०७१ सालमा उनको रहर पूरा भयो। उनी नेपाल प्रहरीमा ‘असई’ पदबाट जागिरे भए। सुरक्षा क्षेत्रमा जागिर पाउन सजिलो भने थिएन। प्रहरी जागरिप्रति व्यग्र रहर भएकाले उनले जागिरको सिलसिलामा आइपर्ने कष्ट सहजै भुलिदिए। जागिर सुरु गरेको चार वर्षजति रमाइलै गरी चल्यो। तर, जागिरे जीवन बिताउँदै गर्दा उनलाई पारिवारिक समस्याले भने अल्झाउन थाल्यो। प्रहरीको २३÷२४ हजार तलबले घरखर्च टार्न कठिन प¥यो।

सेनाले भित्र्यायो अत्याधुनिक नयाँ विमान

नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ। नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो।

सेनाको सिन्डिकेटले १० किलोमिटरमा ५ सय भाडा तिर्न वाध्य

सेनाले सिमित गाडीलाई मात्र आउजाउ गर्न दिँदा सिण्डिकेट धारीले प्रश्रय पाएका छन्।

सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो।

सेनाको भर्ना छनौटमा अनियमितता, पैसा खाने ४ सैनिकसहित २७ माथि कारवाही

नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ।

खानेपानी पाइप मर्मतका लागि सेना परिचालन

बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य सुरु गरिएको छ। गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन।

चीनले नेपाललाई सैन्य सामग्री उपलब्ध गराउने

उत्तरी छिमेकी चीनले नेपाललाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने भएको छ।

विस्थापित बस्ती सेनाले पुर्नस्थापना गरायो

गत भदौ अन्तिम साता निरन्तर वर्षा भइरहेको थियो। बस्तीमाथि रहेको ठुलो ढुङगालाई पनि निरन्तरको वर्षाले प्रभावित बनायो। अन्य स्थानमा धमाधम पहिरो गइरहँदा बस्तीनै प्रभावित हुने उक्त बस्तीमाथिको ढुङगा केहि मिटर तल सरेको गाउँले सबैले देखे। यो देखेपछि सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित गणेशस्थानका २१ घरपरिवार घर छोड्न बाध्य भए।

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’  उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो।

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनालाई स्वर्ण

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ। बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि सुरु भएको तालिममा सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको टोली सहभागि भएको थियो।

सेनाले बनायो रात्री अवतरण हेलिप्याड

नेपाली सेनाले सिन्धुलीमा रात्री अवतरण हेलिप्याड बनाएको छ। नेपाली सेनाको बर्दबहादुर गणले कमलामाई नगरपालिकास्थित नेपाली सेनाकै ९ नं. बाहिनि अड्डा माझीटारभित्र रात्रि अवतरण हेलिप्याड बनाएर हस्तान्तरण गरेको हो।

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौं र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका छौं,’ तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदले बताएका छन्।

सेनाको पनि नेपाल भ्रमण वर्ष २०२० केन्द्रीत कार्यक्रम

नेपाली सेनाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवर्द्धनका लागि साहसिक तथा पर्यटकीय गतिविधि संचालन गर्ने भएको छ।

उपरथि शर्माको पदावधि थप

सरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्