१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि रकम फिर्ता

सम्झौता अनुसाारको काम र पारिश्रमिक नपाएपछि कतारबाट फर्किएका दुई युवाले मेनपावर कम्पनीबाट लागत रकम फिर्ता लिएका छन् । नेपालमा भएको सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि ठगिएका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले जव लिंक मेनपावर कम्पनीबाट विदेश जानेक्रममा लागेको लागत रकम फिर्ता लिएका हुन्।

‘नयाँ सरकारले भारतसँगका असमान सन्धिसम्झौता पुनरवलोकन गर्छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरवलोकन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरवलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गरेको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए।

डिपिएल–२ को टिकट बिक्री सम्झौता

धनगढी क्रिकेट एकेडेमी (डिसिए) र इ–सेवाबीच बिहीबार रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ का लागि टिकेटिङ साझेदारी भएको छ । डिसिएका अध्यक्ष सुवास शाही र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्कर अलीले टिकट बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपालमा बिस्तारै टिकट किनेर खेल हेर्ने संस्कार विकास भइरहेको तथा क्रिकेट र प्रविधिलाई सँगै लैजाने उद्देश्यका साथ इ–सेवासँग सम्झौता गरेको डिसिएका अध्यक्ष शाहीले बताए ।

भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो ।

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच बुधवार प्रारम्भिक सम्झौता भएको छ ।

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ।

सेवामा सुधार ल्याउन कर्मचारीसँग कार्य सम्पादन सम्झौता

नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन  कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणले पहिलो चरणमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने ग्राहक तथा वितरण सेवाका (डीसीएस) कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु गरेको हो ।

सिटी एक्स्प्रेस र अल् फर्दानबीच सम्झौता

दुबईको रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौतामा हस्ताक्षर भएको छ।। सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फ बाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले हस्ताक्षर गरे।

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ।

मलेसिया र साउदीसँगको श्रम सम्झौता अलमलमा

नेपालले मलेसिया र साउदीसँग गर्ने खोजेको द्विपक्षीय श्रम सम्झौता अन्योलमा परेको छ । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँगको श्रम सम्झौता अन्योलमा परेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रयासमा अवरोध सिर्जना भइरहेको छ ।

मेसीको सम्झौता नवीकरण

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्य बारे महिनौ देखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन् ।

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बृहत शान्ति सम्झौता’प्रति बफादार नभएको आरोप लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

पश्चिम सेती निर्माण गर्न लगानी सम्झौता

बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच संयुक्त लगानी सम्झौता भएको छ ।

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

सरकार निकै पुर्वाग्रही भएर बुढीगण्डकीको सम्झौता खारेज गर्योः दाहाल

दाहाल प्रधानमन्त्री हुँदा भएको सो सम्झौता रद्द गर्ने निर्णय सोमबारको मन्त्रीपरीषद बैठकले गरेको थियो । ‘एकलौटी ढंगले त्यसलाई खारेज गर्ने निर्णय गरेर सरकार देशको आर्थिक विकास र सम्वृद्धि होइन निक्कै संकिर्ण राजनैतिक स्वार्थ र पुर्वाग्रहमा चलेको छ भन्ने प्रमाण मात्रै हो यो’ दाहालले भने । कम्पनीसँग मात्रै नभएर चीन सरकारका प्रतिनिधिसँग पनि सँगै बसेर गरेको निर्णय एकाएक खारेज हुनु गलत भएको उनले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्