२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘नयाँ सरकारले भारतसँगका असमान सन्धिसम्झौता पुनरवलोकन गर्छ’

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरवलोकन गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरवलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गरेको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धिसम्झौता असमान छन्, त्यसलाई पुनरवलोकन गर्नुपर्छ।’ नेता दाहालले विगतमा सबै राजनीतिक दल मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने बताए।

भेटमा समूहका तर्फबाट डा भेषबहादुर थापा, नीलाम्बर आचार्यलगायतको सहभागिता थियो।

प्रकाशित: २४ पुस २०७४ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App