२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बाढी-पहिरोमा पशु गुमाएका किसानले पाए बिमा रकम

.

फाइल।

गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ।

कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो।

संस्थाले २५ किसानलाई सामुहिक पशु बिमा बापतको २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिए। उनका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले चार लाख १८ हजार रकम पाएका छन्।

क्षतिको मुल्याङ्कनमा कम बिमा रकम पाउनेमा ३० हजारस्म्म पाएका थिए। सहकारीले विपद्‌मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका हुमागाईंले जानकारी दिए।

उनका अनुसार संस्थाको विपद् कोषमा एक करोड २० लाख बिमा रकम सञ्चित रहेको छ। संस्थाले एक लाख बिमा बराबरको वार्षिक एक हजार दुई सय किसानबाट उठाउने गरेको छ।

संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ।

प्रकाशित: २ मंसिर २०८१ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App