२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मधेसको कार्यवाहक मुख्यमन्त्रीमा सरोज यादव

.

मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी दिएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार यादवलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। उनी  भारतको उत्तर प्रदेश अयोध्याको राम मन्दिरमा हुने तिलकोत्सवमा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरेका छन्।

मधेस प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको मुख्यमन्त्री सिंहद्वारा जारी पत्रमा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०८१ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App