हिमपातले सोलु–काठमाडौं सडक अवरुद्ध, यात्रु अलपत्र
पत्ताले क्षेत्रमा परेको हिमपातले सोलु–काठमाडाैं सडक अवरुद्ध भएको छ। गएराति देखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध भएको हो। सल्लेरीदेखि छुटेका साना तथा ठूला सवारी गरि करिब ४० सवारी पत्ताले क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।