५ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्णालीमा गठबन्धन भए एमालेलाई हम्मे

कर्णालीमा सत्ता गठबन्धन दललाई पनि सिट बाँडफाँट गर्न सहज छैन। कांग्रेस र माओवादी केन्द्रसँगै नेकपा एसलाई पनि भाग छुट्ट्याउनुपर्छ। अघिल्लो चुनावमा समानुपातिकतर्फ कर्णालीमा एमालेले एक लाख ६९ हजार ७५५, कांग्रेसले एक लाख ६२ हजार ३ र माओवादीले एक लाख १७ हजार २९८ मत पाएका थिए। अहिले एमाले फुटेको छ।

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।

कर्णाली करिडोरको ठाउँ–ठाउँमा पहिरोले सास्ती

कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्ला जोड्ने सडक कर्णाली करिडोर हो। यो करिडोर नामाकरण गरी ट्र्याक खोल्न थालेको वर्षौं वितिसकेको छ।

लागुऔषधसहित दम्पती पक्राउ

आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रीमा माओवादीका शाही नियुक्त

गैरसांसद कार्चेन लामाको कार्यकाल सकिएपछि माओवादी केन्द्र संसदीय दलले साउन २५ गते शाहीलाई मौजुदा मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो।

फर्जी बीलको भुक्तानी दिने हाकिमविरुद्ध मुद्दा, लेखापाललाई उन्मुक्ती

उक्त गाउँपालिकाको वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाएर फर्जी बील बनाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

अदालतको पत्रले कर्णालीमा मन्त्रीको सपथ रोकियो

अघिल्लो पटक गैरसांसदलाई मन्त्री बनाइएको भन्दै आलोचित भएको माओवादी केन्द्रले यसपटक डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्रिपरिषद्मा सहभागी गराउन सिफारिस गरेको थियो।

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ।

दु:खको दैनिकी कर्णाली राजमार्ग

कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डमा वर्षायाम सुरु भएसँगै दर्जनौँ ठाँउमा पहिरो जाने समस्याले निरन्तर राजमार्ग अवरुद्ध हुने गरेको छ।

कोभिडको तयारीमा जुट्यो कर्णाली सरकार

प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर र स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेश सरकारमा सहभागी कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मंगलबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो। लामाले सम्हाल्दै आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैंसँग राखेका छन्।

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्