इराकबाट फर्किएकी महिला भन्छिन्- ‘कालको मुखबाट फर्किए’
परिवारलाई खुशी दिने सपना बोकेर गत बर्ष कुवेत हिडेकी धरान १७ की ४० बर्षीय सीता खड्का तामाङ मानव तस्करको चंगुलमा फसेर युद्धग्रस्त मुलुक इराक पुगिन्। राम्रो कमाई गरेर घरमा खर्च पठाउने उनको सपना त चकनाचुर बन्यो नै, उनले पटक पटक मृत्युको मुखमा पुगेको अनुभूति गर्नुपर्यो।