सैनिक शासन घोषणापछि इराकी सेना आईएस नियन्त्रित क्षेत्रमा
इराकको सरकारी सुरक्षाकर्मीहरुले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्य बाँकी भागमा प्रवेश गर्ने क्रममा मोसुल क्षेत्रका गाउँहरुलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका हातहतियार तथा तोप र बारुदको साथमा इराकी सैनिक उक्त ठाउँमा उपस्थित भएका हुन्।