४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।

मधेस सरकारको चार वर्षे उपलब्धिको फेहरिस्त

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्वपूर्ण काम गरिरहेको बताएका छन्। मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए।

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो।

‘दाहाल चीनबाट सञ्चालित’

दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।

पहिलो पटक जनयुद्ध दिवस मनाउँदै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ। यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

घटना थामथुम पार्न कागजी समिति

सिके राउत नेतृत्वको जनमत पार्टीले एक महिनादेखि किसानसँग सम्बद्ध मलखाद, बिउबिजन, सिँचाइ, बजार व्यवस्थापन, बाली तथा पशु बिमालगायतका समस्या समाधान गर्न आन्दोलन गर्दै आएको थियो।

किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति

आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो।

मधेस प्रदेशमा अवैध क्रसरको रजगजः झुटो विवरण बनाएर अनुमति दिनेलाई कारवाही भएन

स्थानीय तहमा जनप्रतिनिधि आएपछि क्रसर उद्योग सबैभन्दा बढ्ता फस्टाएको पालिका कर्जन्हा र धनगढीमाई हुन्। जनप्रतिनिधि आएपछि जिल्लामा १० वटा क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र दर्ता भएका छन्। जसमध्ये ६ वटा धनगढीमाई नगरपालिकामा दर्ता भई सञ्चालनमा छन्।

सरकारी आदेश लत्याउँदै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन

कोरोना महामारीको तेस्रो लहर सुरुवात भएपछि सरकारले पहिलो चरणमा माघ १५ गते र दोस्रो चरणमा माघ मसान्तसम्मका लागि भौतिक उपस्थितिमा विद्यालय संचालन नगर्न भनेको छ। परीक्षणको दायरामा आउनेमध्ये करिब ४० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भैरहँदा संक्रमणको जोखिम व्यापक छ।

मधेस प्रदेशः चार सचिवको ठाउँमा एकजना मात्रै

पछिल्लो समयमा जनमत पार्टीका हिसांत्मक गतिविधिबाट पनि उच्च कर्मचारीहरू मधेस प्रदेशमा जान डराएको संघीय मन्त्रालयका अर्का एक उपसचिवको अनुमान छ। उनले भने, ‘सामान्यता मधेस प्रदेश कर्मचारीहरूकोलागि सबैभन्दा कम आकर्षक ठाउँ हो। त्यसमा पनि जनमत पार्टीको हिंसात्मक गतिविधिको कारणबाट पनि मधेस प्रदेशमा जान कर्मचारीहरू डराउँछन्।’

मधेस प्रदेशमा एमाले–लोसपा सहकार्य

लोसपा स्रोतका अनुसार यो सहकार्य आगामी निर्वाचनसम्म जाने प्रबल सम्भावना छ। ‘पाँचदलीय गठबन्धनमा नभएका दलले अर्को गठबन्धन गर्न सक्छन्। यो स्वाभाविक पनि हो,’ लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले आगामी चुनावसम्म एमाले र लोसपाबीच सहकार्य हुने सम्भावना छ ।’ तर आगामी चुनावसम्म सहकार्य गर्ने सहमति भने भइनसकेको उनले बताए।

मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत

घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिए।

लागुऔषधको दलदलमा मधेस

पुस ९ गते राजविराजबाट काठमाडौं जान लागेको ना ८ ख ५८३७ नम्बरको यात्रु बसको डिक्कीबाट प्रहरीले नाइट्रेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्याबलेट, एसपिएम पाइरोक्सभेन क्यापसुल २ सय ८८ थान र डाइलेक्स डिसी १०० एमएल ३ सय ९९ थान सिसी लागुऔषध बरामद गर्‍यो।

मधेसका बाँकी मुद्दा सम्बोधन गर्न माग

०७५ जेठ १४ गते प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच दुई बुँदे सम्झौता भयो। त्यसको एउटा बुँदामा संविधान संशोधन र अर्कोमा समाजवादी पार्टी पनि सरकारमा जाने भन्ने थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्