१ आश्विन २०८१ मंगलबार
image/svg+xml

बजेट कुम्ल्याउन एउटै सडकमा वर्षेपिच्छे कालोपत्रे

कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको सडकको निर्माण कार्यलाई स्थानीय र राजनीतिक दलहरुले रोकेका छन्।

आमासँगको अवैध सम्बधका कारण दाइले गरे दुई भाइको हत्या

बालकको हत्या अभियोगमा सार्वजनिक गरिएका कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरकै अब्दुल रहिम मियाँका २५ वर्षीय छोरा फर्मुल्लाह अंसारी रहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।

कलैया अस्पतालका स्वास्थ्यकर्मी पाँच दिनदेखि आन्दोलनमा

जिल्ला अस्पताल कलैयाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू जोखिम भत्ताको माग गर्दै पाँच दिनदेखि आन्दोलनमा रहेका छन्। कोरोना महामारीको समयमा खटिएको बेलाको जोखिम भत्ता नदिइएको भन्दै उनीहरू मंगलबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प गरेर आन्दोलन गर्दै आएका छन्।

संसद विघटनको विरोधमा जसपाद्वारा कलैयामा प्रदर्शन

संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति बाराले बुधबार कलैयामा विरोध प्रदर्शन गरेको छ। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमापछि भरतचोकमा कोणसभामा परिणत भएको थियो।

कलैया जिल्ला अस्पताल लथालिंग अवस्थामा

जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पताल कोरोना महामारीको अवस्थामा पनि लथालिंग अवस्थामा पुगेको छ।

कलैयाका सडकहरुमा खाल्डै खाल्डो

जिल्लाको सदरमुकाम समेत रहेको कलैया उपमहानगपालिकाको कलैया बजार क्षेत्रको सडकहरुमा बर्षाले गर्दा खाल्डै खाल्डो भएको छ । सडकमा खाल्डै खाल्डो भएपछि सवारी साधनको साथ साथै सर्वसाधारणहरुलाई समेत आवतजावत गर्नमा समेत समस्या भएको छ।

कलैयाको पाँचौ नगरसभामा एक अर्ब ३१ करोडको बजेट प्रस्तुत

कलैया उपमहानगरपालिकामा बुधबार आयोजना गरिएको पाँचौ नगरसभामा आर्थिक वर्ष ७७ र ७८ को लागि एक अर्ब ३० करोड ९९ लाखको बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमा चालु तर्फ २१ करोड ९६ लाख ३६ र पुँजिगततर्फ ५९ करोड ३८ लाख रहेको छ ।

दोषीलाई कारबाही गराउन कांग्रेसको कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराले आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्दै बरियारपुर घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ। महागढीमाई नगरपालिकाको प्रमुख उपेन्दप्रसाद यादव र नेपाली कांग्रेसका कार्यकर्तालाई बरियारपुर घटनाका दोषी रहेकाहरुले नै फसाउन खोजेको भन्दै नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाको नेतृत्वमा प्रदर्शन गरिएको हो।

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

कलैया बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडक पेटीलाई खाली गराउन शुरु गरेको छ।

उद्योग मन्त्रीसामु उखु किसानको गुनासो

वर्षौंदेखि उखुको भुक्तानी नपाएका कारण आफूहरु दयनीय अवस्थामा पुगेको भन्दै उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग किसानले गुनासो गरेका छन्।

उपप्रमुख कै नेतृत्वमा कलैया उपमहानगरपालिकामा तालाबन्दी

उपप्रमुखको नेतृत्वमा कलैया उपमहानगरपालिकामा मंगलवार तालाबन्दी गरिएको छ। उपप्रमुख रहिनमा खातुन नेतृत्वमा रहेका केही वडाध्यक्षको टोलीले १३ सुत्रीय माग राखेर उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

लथालिंग अवस्थामा कलैया अस्पताल

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि जम्मा १७ जना कार्यरत रहेको अस्पतालले जनाएको छ।

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्