३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दोषीलाई कारबाही गराउन कांग्रेसको कलैयामा प्रदर्शन

बारा- नेपाली कांग्रेस बाराले आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्दै बरियारपुर घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ। महागढीमाई नगरपालिकाको प्रमुख उपेन्दप्रसाद यादव र नेपाली कांग्रेसका कार्यकर्तालाई बरियारपुर घटनाका दोषी रहेकाहरुले नै फसाउन खोजेको भन्दै नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाको नेतृत्वमा प्रदर्शन गरिएको हो।

नेपाली कांग्रेस बाराका पार्टी कार्यालयबाट सुरु गरिएको शान्तिपूर्ण प्रदर्शन कलैया उपमहागनरपालिकाको बिभिन्न भागको परिक्रमा गरि जिल्ला प्रहरी कार्यालय अगाडी पुगेको थियो। जिल्ला प्रहरी कार्यालयमा पुगेको नेपाली कांग्रेसको टोलीले बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीलाई कांग्रेस कार्याकर्ता र नगरपालिकाको कर्मचारी कुट्नेलाई कारबाही गर्न उजुरीसमेत दिएको कांग्रेस सभापति चौरसियाले बताएका छन्।

बरियारपुरको विवाद मिलाउनुको साट्टो समाजवादी पार्टी नेपालका महासचिव तथा बारा निर्वाचन क्षेत्र नम्बर २ का  प्रतिनिधि सभा सदस्य रामसहाय यादव, प्रदेश सभा सदस्य पारस साह, बच्चा यादव लगायतका नेता कार्यकर्ताले प्रहरीमा कांग्रेस समर्थक ८ जनाविरुद्धमा ज्यान मार्ने उद्योग मुद्दा दिएकोले घटनालाई राजनीतिक गरिएको आरोप सभापति चौरसियाले लगाएका छन्।

केही दिन पहिला बरियारपुरको मैनी टोलमा नालाको विषयमा छलफल हुँदा नगरप्रमुख यादवलाई स्थानीयहरुले कुटपिट गरेका भनी सामाजिक सञ्चालमा लेखिएपछि नगरप्रमुख यादवले झुठो कुरा फैलाएर समाजिक अपमान गरेको भन्दै समाजवादी युवा संघका केन्द्रीय उपमहासचिवसमेत रहेका मुकेश कुशवाहाले र अर्का दिपेन्द्र कुशवाहालाई कारबाही गर्न प्रहरीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी परेपछि दिपेन्द्र कुशवाहा पक्राउ परे पनि मुकेश कुशवाहा फरार भएका थिए।

प्रहरीमा उजुरी दिनुभन्दा पहिला नगरप्रमुख यादवले मुकेश कुशवाहाका बुवा हरेन्द्र महतोलाई नगरपालिकामा बेलाएर नभएको घटनामा मुकेशले समाजिक सञ्जालमा लेखेर चरित्र हत्या गरेका र छोरालाई सम्झाउन आग्रह मात्र गरेको नगरप्रमुख यादवले प्रहरी उपरीक्ष पगनीलाई सुनाए।

बरियारपुरमा रहेका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिीमै हरेन्द्र महतोलाई बोलाएर छोरोलाई सम्झाएर राख्न आग्रह गरि घर पठाए पनि हरेन्द्रले नगरप्रमुखले शौचालयमा थुनेर दुव्र्यवहार गरेको भनी बनौटी कुरा गरेको र त्यसको सत्यतथ्य बुझन प्रहरी उपरीक्षकसँग नगरप्रमुख यादवले आग्रहसमेत गरेका छन्।

फरार रहेका मुकेश कुशवाहा महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा शुक्रबार पुगी नगरप्रमुख यादवलाई अपशब्द बोलेका भन्दै कांग्रेस समर्थक कार्यकर्ताले त्यसको प्रतिबाद गर्दा दुई पक्षबीच झडप भएको थियो।
झडपमा परी नगरपालिकाका ट्रेक्टर चालक साहेब यादव, धिरेन्द्र लहेरा, साजन गुप्ता लगायत घाइते भएका थिए भने अर्को तर्फ समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव मुकेश कुशवाहा घाइते भएको बारा प्रहरीले जनाएको छ।

शुक्रबारको झडप दुबै तर्फ घाइते भए पनि बारा प्रहरीले एक पक्षको मात्रै उजुरी लिएर कारबाही प्रक्रिया बढाएको आरोप सभापति चौरसियाले लगाएका छन्। बारा प्रहरीले घटनाको निस्पक्ष छानबिन नगरि कांग्रेस कार्याकर्ताहरुलाई मात्रै पक्राउ गर्न सुरु गरेकामा प्रदर्शन गर्न बाध्य भएको कांग्रेस सभापति चौरसियाले बताए।

प्रहरी उपरीक्षक पगेनीले दुबै पक्षबाट लिखित जाहिरी आएको र त्यसको सत्यतथ्य बुझेर आगडी बढने प्रतिवद्धता गरे।
घटनामा देखिएका नगरप्रमुख यादव र अर्को पक्ष आपसी समझदारीमा समाधान गर्दा राम्रो हुने सुझाव पगेनीले दिए।
सभापति चौरसियाको नेतृत्वमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेस बाराका सचिव मनोज भट्ट, कोषाध्यक्ष चन्दशेखर यादव, क्षेत्रिय सभापति रामप्रवेश यादव महागढीमाई नगर सभापति भुलेन्द्र यादव, कलैया उपमहागनरपालिका प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव लगाएतकाहरुको सहभागिता रहेको थियो।

कर्मचारीद्धारा कारबाहीको माग
आफ्ना सहकर्मी कुटिएको बिरोधमा महागढीमाई नगरपालिकाका कर्मचारीहरुले कारबाहीको माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय बारामा आइतबार ज्ञापनपत्र बुझाएर कर्मचारी कुटनेलाई कारबाही गर्न माग गरेका हुन्।
कलैयामा बरियारपुर घटनाको निस्पक्ष छानबिन गर्न माग गदैै कांग्रेसले गरेका प्रदर्शन।

 

 

प्रकाशित: ११ फाल्गुन २०७६ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App