coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आमासँगको अवैध सम्बधका कारण दाइले गरे दुई भाइको हत्या

अमान र उसमान अंसारीको हत्या अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फर्मुल्लाह अंसारी।

कलैया उपमहानगरपालिका ७ रंगपुरका अब्दुल गफार अंसारीको ९ वर्षीय छोरा अमान र ७ वर्षीय छोरा उस्मान अंसारीको हत्या अभियोगमा एक जनालाई बारा प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।

बालकको हत्या अभियोगमा सार्वजनिक गरिएका कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरकै अब्दुल रहिम मियाँका २५ वर्षीय छोरा फर्मुल्लाह अंसारी रहेको बाराका प्रहरी  उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।

अभियुक्त फर्मुल्लाह अंसारी र मृतकहरुको आमा बिना खातुनबीच अनिष्ट र अवैधानिक सम्बन्ध रहेको र हत्या हुनुको त्यो पनि कारण रहेको अनुसन्धानबाट खुलेको शाहीले बताए।  

मृत बच्चाहरुले आमा मिना खातुन र अभियुक्त अंसारीबीचको सम्बन्धबारे बुबा अब्दुल गफार अन्सारीलाई ईदमा घर आएपछि बताउने भनेपछि अंसारी त्रसित भएर उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।  

पछिल्लो समय मृतकहरुको आमा मिना र अंसारीबीच आपसी मनमुटाव समेत भएको मिश्रले बताए। अंसारीले हत्या गरेका बालकहरुलाई लामो समयदेखि खानेकुरा दिएर गाउँमा डुलाउने काम समेत गर्दै आएका थिए।

बालकहरुको हत्या गरिएका दिन ज्यान मार्ने नियतले अंसारीले खानेकुरा बच्चाहरुलाई दिएर एकान्तमा लगेर उनीहरुको हत्या गरेको प्रहरीको दाबी छ।  

अंसारीको घरबाट प्रहरीले छापामारी एक थान धारिलो हतियार छुरा र उनले लगाउने बेल्टमा रगतको छिट्टा समेत फेला परेको मिश्रले बताए।

गत मंगलबार धारिलो हतियारले घाँटी रेटेर दुबै बच्चाहरुको हत्या गरिएको थियो। दुबै बच्चाहरुको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरमा रहेको मदर्सा सलफिया कन्जुलमको नव निर्मित भवनमा जेठ ४ गते बिहान रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: ९ जेष्ठ २०७८ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App