३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सार्वजनिक गौचर जग्गा व्यक्तिको नाममा

कलैया उपमहानगरपालिका–१७ किरकिचहा खोलास्थित गौचर पर्ती जग्गा नम्बरी बनाउन भूमाफियाहरू सफल भएको सार्वजनिक भएको छ। साविक बन्जरिया–९ हाल कलैया उपमहानगरपालिका–१७ को कित्ता नम्बर १ को ५ बिगाहा ८ कट्ठा १० धुर क्षेत्रफल भएको तीन करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सार्वजनिक जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गराउन सफल भएका हुन्।

कलैया बजारका सटर गैरकानुनी खरिदबिक्री

कलैया उपमहानगरपालिकाको जग्गामा निर्माण गरिएका सटर मालपोत कार्यालयको मिलेमतोमा गैरकानुनी तरिकाले खरिद–बिक्री हुने गरेको पाइएको छ।

गुनासौ गुनासो, अझै छैन तथ्याङ

बिहीबार बिहान सवाछ बजे छ। कलैया उपमहानगरपालिका –१८स्थित भलुनी भरवलियाका ७० वर्षीया सिताराम पटेल घुर (आगो) ताप्दै थिए। पटेलसँगै पाँच वर्षीया रासना पनिसँगै टाँसी रहेकी थिइन्। आइतबार राति आएको हुनडरीले छिनभरमा बास उडाएपछि पटेल अहिले त्यही घुर तापेर रात काटी रहेका छन्।

राहत वितरण अव्यवस्थित, पीडित कति, अझै खुलेन

बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका–१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात काटिरहेका छन्।

कलैया उपमहानगरपालिकाको बजेट एक अर्ब

आर्थिक वर्ष २०७५/०७६ को लागि कलैया उपमहानगरपालिकाले दोस्रो नगरसभाबाट एक अर्ब, एक करोड, २२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।

कलैयामा लक्ष्मी बैंक

लक्ष्मी बैंकले बाराको कलैयामा ५८ औं शाखा स्थापना गरेको छ । योसँगै लक्ष्मी बैंकको सञ्जाल ४३ जिल्लामा पुगेको छ । यसबाहेक तीनवटा अस्पताल काउन्टर, एक सय तीन एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा र चार सयभन्दा बढी मोबाइल एजेन्ट रहेको बैंकले जनाएको छ।

कलैया बजारका व्यापारी आन्दोलनमा

प्रहरीले अनावश्यक दुख दिएको भन्दै कलैयाका व्यापारीहरूले बिहीबार पसल बन्द गरी आन्दोलनमा उत्रेका छन्।

कलैया नगरसभाको बजेट ९१ करोड

आर्थिक वर्ष २०७४/०७५ को लागि कलैया उपमहानगरपालिकाले प्रथम नगरसभाबाट का लागि ९१ करोड ३२ लाख ४६ हजार २सय ५ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

कलैया उपमहानगरपालिकाद्वारा आगो ताप्‍ने व्यवस्था

कलैया उपमहानगरपालिकाले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि नगरको बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ । केही दिन देखि एक्कासी बढेको चिसोले गर्दा जनजीवन कष्टकर भए पछि नगरवासीलाई राहत दिनको लागि आगोको व्यवस्था गरीएको कलैया उपमहानगरपालिले जनाएको छ ।

यस्ता छन् कलैयाका चुनावी अजेन्डा

मधेसमा बसोबास गर्ने समुदायलाई राज्यबाट अधिकार दिलाउने पक्षमा कुनै भेदभाव नगरी पटकपटक अवाज उठाउने पार्टी कांग्रेस नै रहेको जनताले बुझेका छन् ।

उम्मेदवार घोषणासँगै कलैयामा चुनावी रन्को

तेस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा र विभिन्न पार्टीले मेयर उम्मेदवार घोषणा गरेपछि कलैया उपमहानगरपालिकको चुनावी वातावरण एक्कासी तातेको छ ।

कलैयामा मोर्चाको विरोध प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख ३ दलले संविधान संशोधनको नाममा मधेसी, आदीवासीजनजाति, अल्पसंख्यक समुदायलाई धोका दिएको बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेको छ ।

उपमहानगरपालिका बनाउन माग गर्दै कलैया बन्द

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै मंगलबार कलैया बजार बन्द गराएका छन्। बारा उद्योग वाणिज्यको नेतृत्वमा एक महिनादेखि कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै विभिन्न चरणमा विरोध प्रदर्शन गरिँदै आएका छन्।

उपमहानगरपालिका नबनाएको भन्दै कलैया बजार बन्द

स्थानीय तह पुनःसंरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका सिफारिस नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराले कलैया बजार बन्द गराएको छ। उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैको नेतृत्वको टोलीले कलैयालाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै कलैया बजार बन्द गराएको हो।

स्थानीय विकास अधिकारीलाई कारवाहीको माग गर्दै कलैयामा प्रदर्शन

बाराका स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेलाई कारवाहीको माग गर्दै कलैयाका स्थानीयवासीले जिल्ला विकास अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्