२३ असार २०८१ आइतबार
image/svg+xml

माटोका भाँडालाई ४८ वर्ष...

माटाका भाँडाप्रति मानिसहरुको आकर्षण अहिले पनि उत्तिकै छ। तर उस्तै देखिने हलुका तथा सस्तो मूल्यका कारण प्लास्टिकका भाँडाका कारण माटाका भाँडाको अस्तित्वमा संकट पनि उत्तिकै देखिन्छ। भक्तपुरको ठिमी शहर, यस्तो शहर हो, जहाँ प्रजापती समुदायले प्राचिनकालदेखि नै माटाका भाँडाकुडा बनाउने गर्दथे।

माटो परीक्षण गर्दै जन्तेढुंगा गाउँपालिका

खोटाङको जन्तेढुंगा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ। गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण सुरु गरिएको हो।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

ओखलढुंगामा माटोको ढिस्कोले पुरिएर नर्मदेश्वरमा एक जना महिलाको ज्यान गएको छ। लिखु गाउँपालिका–४ नर्मदेश्वरकी ५५ बर्षीय सेतीमाया मगरको बिहीबार माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो। अन्य दुईजना घाइते भएका छन्।

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर खोटाङमा महिलाको मृत्यु भएको छ। रातो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीय तारा खड्काको मृत्यु भएको हो।

माटो परीक्षण शिविर

उत्पादन क्षमता बढाउन जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। वडा कार्यालयले ‘कृषि कर्म इच्छाले होइन, शिक्षाले गरौं’ भन्ने नाराका साथ आफ्नो वडाका सबै किसानको माटो परीक्षण गराएका हुन्।

काठमाडौँको माटोमा तरलीकरण

२०७२ वैशाख १२। हाम्रो पुस्ताले देखेको सबैभन्दा ठूलो भुइँचालो । धेरै ठूलो जनधनको क्षति गरेको भूकम्पको असरबाट नेपाल अझै पूर्णरूपमा तंग्रिन सकिरहेको छैन। भूकम्पपश्चात् नवनिर्माणको कार्यले तीव्र्रता पाइरहेको र आम जनमानसमा पनि बलियो संरचना निर्माण गर्नुपर्छ भन्ने चेतनाको विकास भइरहेको पाइन्छ। हाल स्थानीय तहहरूमा नक्सा पासपश्चात् मात्र नयाँ संरचना निर्माण गर्न पाइने नियम लागू हुँदै गइरहेको छ। यसले गर्दा निश्चित मापदण्डभित्र रहेर नयाँ संरचनाहरू निर्माण गर्न पक्कै टेवा पुग्ने र पुगिरहेको पनि देखिन्छ। तर बलियो संरचना भन्दै गर्दा धेरैले जमिनमाथिको संरचनालाई मात्र बुझ्ने तर संरचनाहरू बन्ने स्थानको जमिन वा माटोलाई भने पूर्णतः बेवास्ता गरेको पाइन्छ। यस्तो स्थितिमा मुख्यतः भूकम्पको प्रभावले माटो तरलीकरण हुँदा पार्ने प्रभावका बारेमा काठमाडौँको माटोलाई आधार मान्दै यो लेख तयार गरिएको छ।

कुमालेलाई पालाचा बनाउन भ्याइनभ्याई

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले अर्थात् प्रजापति समुदायका व्यक्तिलाई कामको चटारो छ । उनीहरूलाई माटोको दियो (पालाचा) बनाउन भ्याइनभ्याइ छ।

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन्। मृत्युहुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

धनुषाको धनुषाधाम नगरपालिकामा बिहीबार बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

सावधान! ढिस्कोमा परिएला

माटो खन्ने क्रममा गत शुक्रबार ढिस्कोले पुरिँदा उदयपुर रौतामाई गाउँपालिका–६ निकासकी मधुमाया रायमाझीको मृत्यु भयो। रायमाझीसँगै माटो खन्न गएका सुवास विक, तिलक कार्की र १२ वर्षीया बिसिना बस्नेत घाइते भए।

माटोको ढिस्काेले पुरिएर महिलाको मृत्यु, तीन घाइते

माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिँदा उदयपुरको रौतामाई ६ रौता निकासकी मधुमाया रायमाझीको मृत्यु भएको छ। रायमाझीसँगै माटो खन्न गएका सुभाष बिक र तिलक कार्की र १२ वर्षकी बालिका बिसिना बस्नेत घाइते भएका छन्।

माटो परीक्षणको रिपोर्ट पर्खंदै छानबिन टोली

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माणमा भएको अनियमितता छानबिन गर्न ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयद्वारा गठित टोली अन्तिम प्रतिवेदन प्रकाशित गर्ने तयारीमा जुटेको छ । जसका लागि टोलीले माटो परीक्षणको अन्तिम प्रतिवेदन पर्खिरहेको छ।

कालोपत्रेमा माटोको मिसावट

राजधानीलाई हेटौंडासँग जोड्ने छोटो रुट कान्तिलोकपथ सडक निर्माणमा लार्पबाही भएको पाइएको छ । बागमति गाउँपालिकाको देवी साँध तीनपाने भञ्ज्याङ, काल्चे र छपेलीमा सडकखण्डमा ठेकेदार कम्पनीले प्रावधान विपरीत माटो मिसिएको बालुवा र गिटी प्रयोग गरको हो।

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ।

माटोबिना नै तरकारी खेती !

यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्