३ आश्विन २०८१ बिहीबार
image/svg+xml

माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डले एमसीसीबारे जवाफ दिने

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ।

कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग

कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।

कांग्रेसले बनायो कार्यसम्पादन समिति

केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठनका लागि नाम प्रस्ताव गरेका थिए।

आज कांग्रेस केन्द्रीय समिति बैठक

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवथा छ।

माओवादी महाधिवेशनः पदाधिकारी चुनिन दौडधूप

पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले १५ जना पदाधिकारी हुने प्रस्ताव पारित गरेसँगै अध्यक्ष दाहालबाहेकका पदाधिकारीका लागि माओवादीका वरिष्ठ नेताबीच दौडधूप सुरु भएको छ।

पदाधिकारी १५ जना हुने

केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, एक कोषाध्यक्षसहित १५ पदाधिकारी रहने छन्। यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा राखेका थिए।

१४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुले लिए शपथ

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक जारी

बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।

कांग्रेसका नेता र कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित

बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय कार्यालयकै कर्मचारी, नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो।

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आज बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा अहिले २ बजे बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्