४ मंसिर २०८१ मंगलबार
image/svg+xml

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्।

बाणिज्य बैंक गोरखाका म्यानेजरसहित ६ कर्मचारी बिदामा, सेवाग्राहीलाई सास्ती

राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीसहित ६ जना कर्मचारी बिदामा बसेपछि सेवा प्रभावित भएको छ। आइतबार बैंकमा बिहान १० बजे सेवा लिन पुगेकाहरुले दिउँसोसम्म सेवा नपाएको गुनासो गरे। बाणिज्य बैंकका आधिकारीक कर्मचारी बसेर सेवा दिने कुर्सीमा सिकारु (प्रशिक्षार्थी) ले ढिलो गरी बैंकका कर्मचारीलाई सोधखोज गर्दै सेवा दिइरहेका थिए।

ऋण नतिरेको भन्दै बैंकले भैँसी लगेपछि...

गत वर्षको असार १० गते जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका दत्त सार्कीले स्वावलम्बन बैंकबाट ८० हजार रुपैयाँ ऋण निकाले।

ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने सहमतिपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड मर्ज हुने भएका छन्। शुक्रबार मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

विद्युतीय कारोबारमा पूरै विश्वास गर्न सकिन्न : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले अहिले प्रविधियुक्त बैंकिङ प्रणालीको विकास भइरहे पनि प्रविधिमार्फत गरिने कारोबारप्रति आफू अझैसम्म विश्वस्त हुन नसकेको बताएका छन्।

सुनको शुद्धता

काठमाडौँको न्युरोडमा कुनै सटर खाली भयो भने निश्चितरूपमा त्यस ठाउँमा नयाँ सुन पसल खोलिन्छ। नेपालमा अचेल अत्यन्तै फस्टाएको छ सुनको व्यापार। तीज, दसैँ र विवाहको समय बजारमा सुनको माग प्रतिदिन ५० केजीसम्म पुग्ने अनुमान छ। सामान्य दिनमा पनि सुनको माग दैनिक करिब ३० केजी भएको सुनिन्छ। तर सरकारले बैंकहरूलाई दैनिक २० किलोमात्र सुनको कोटा तोकेको छ।

६० प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन्। बैंक बित्तीय संस्थासँग पहुँच नपुग्दा अझै पनि करिब २० प्रतिशत नागरिक साहु महाजनसँग नै आर्थिक कारोबार गरिरहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक बिश्चल अधिकारीले बताए।

थाई एयर एसिया नेपाल आउन इच्छुक

एयर एसिया ग्रुपअन्तर्गतको वायुसेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौं गन्तव्यमा उडान विस्तार गर्न पहलथालेको छ।

प्रभु बैंकले पाँच देशमा कार्यालय खोल्ने

प्रभु बैंकले पाँच देशमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ। विदेशमा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए।

अर्थमन्त्री–विश्व बैंक उपाध्यक्ष भेट

अर्थमन्त्री युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गरेका छन्।

इन्भेस्टमेन्ट बैंकद्वारा विशेष प्रस्ताव

जेबिल्स फाइनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप एक सय ४७ अर्ब रुपैयाँ र कुल कर्जा एक सय ३२ अर्ब रहने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्